लेखक

हिमालेदेखि पहाड मधेशका जनताको नाङ्गो आँखाले हिन्दूस्तानका प्रम नरेन्द्र मोदीको नेपाल डुलाईमा आफ्नो सिर निहुरेको अनुभूति गरे । यतिसम्म कि सत्ता साझेदार माकेका अधिकाङ्स युवाहरूले समेत निकै “अनइजी” महसुस गरेको देखियो । सत्ता नियन्त्रित र भारत परस्त विग मिडिया वाहेक नागरिक समाज र वौध्दिक जनमतबाट समेत सरकार अलगथलग र निरिह देखियो ।

आज संसदमा बोल्दै गर्दाको नेपालका प्रधानमन्त्रीको अनुहार साटिएको थियो। संसदमा बोलिरहेको प्रमको अनुहारमा लज्जा, अपराधवोध र हारको प्रस्ट झल्को देखिन्थ्यो । उपेन्द्र यादव र काङ्ग्रेसले समेत एमालेलाई लम्पसार नपर्न सुझाव दिएको सुन्दा स्थिति निकै भयावह छ भन्ने बुझिन्थ्यो । तर यो सन्दर्भमा सिङ्गो एमालेभित्रको र माकेको नेतृत्व पंक्तिको मौनता हेर्दा यिनीहरू केपी ओलीको अगुवाईमा राष्ट्रघातमा एकाग्र भएर लागेका छन भन्ने अनुमान गर्न सकिन्थ्यो ।

संसारले बुझ्ने गरी भएको नेपालको आत्मसमर्पणको यो घटना पछि एमाले-माकेभित्रका पिर मान्ने साथीहरू अव के गर्लान । घनश्याम भुषालको आलोचना सुनेर मन थामेर बस्लान एमाले जनहरू या बगावत गर्न तयार होलान ? एमाले नामको बोरा पूरै कुहेको आलुको वोरा हो कि त्यसभित्र दुई चार काम लाग्ने आलु पनि छन भनेर अव हेर्ने समय भएको छ । त्यस्तै मूलत एमालेकै आदर्शमा विलिन हुन पुच्छर ठड्याएर ओरालो झरेको माके अव के गर्छ ? त्यसभित्रका युवाहरू अव के गर्छन् । कि ती पनि -” प्रचण्ड छन , ढुक्क भएर सुतिन्छ” भनेर सुत्छन् ?

के तिनीहरू हिजो र अस्ति अलि अलि मोदी भ्रमणको विरोध गरेपछि पाप पखालिएको सोच्छन र फेरि प्रचण्डको पछि पछि पैकारीले किनेर डोर्याएका बाख्रा पाठा जसरी हिड्छन् ? सिध्दान्तमा तिलको गेडो नछोड्ने भनेर चर्चामा आएका नारायण काजी र उनलाई त्यो चर्चामा ल्याएर मख्ख परेको उनको गुट अव के गर्छ ? सिध्दान्त फिध्दान्तका दिन गए भन्दै ठूलो भागको लागि करकर गरेर बस्छ कि बगावत गर्ने आँट गर्छ ? यी र यस्तै प्रश्नहरूको वरिपरि नेपालको राजनीति केही दिन घुम्ने देखिन्छ ।

गाउँको ठूलो साहु केही गरी गरिवको घरमा बास बस्यो भने गरिवको घरका गोठका भैंसी, खोरका खसीदेखि ओछ्यानका छोरी बुहारीसमेत जोगाउँन गारो परेजस्तै छिमेकी धनी देशका अटेरी प्रम आउँदा हाम्रो देशको हालत भएको छ । ओली जीको आजको अनुहार त्यही खसी बोका भैंसी देखि स्वास्नी छोरी बुहारी पनि जोगाउँन नसकेको घरमुलीको जस्तो देखिएको छ । उनी त ढले ढले । प्रचण्ड पनि चुपचाप ढले । अव हामीहरू के गर्ने ? के हामी पनि ढल्ने ? किन ढल्ने ?

अहँ हामीलाई ढल्न हाम्रो नैतिकताले दिदैन । प्रचण्ड र ओलीहरूको त कुनै करार होला । मोदीले सरकार टिकाइदिने र एताकाले मोदीले भनेको खुरु खुरु दिने करार होला । तर आम नागरिकलाई त्यो करार अमान्य छ । सम्पूर्ण वामपन्थी प्रगतिशील तथा देशभक्त जनसमुदायहरूले यी राष्ट्रघाती गद्दारहरूलाई समयमै चिन्न जरुरी छ ।

एमाले-माकेभित्रका इमान्दार साथीहरू ! हामी तपाईहरूको सचेत विद्रोहलाई स्वागत गर्न पर्खेर बसेका छौं । सिङ्गो देश पर्खेर बसेको छ

Comments

comments