लेखक
  • बलराम तिमल्सिना

धेरै मानिसहरू साहित्यकार हुने रहर गर्छन् । अझ युवा पुस्तामा त यो रहरको बाढी नै आएको छ ।यसरी साहित्यकार हुन रहर गर्नेहरूमध्ये अधिकाङ्सलाई किन साहित्यकार बन्ने भन्ने थाहा छैन। उनीहरू एत्ति चाहन्छन् – बस साहित्यकार बन्ने ।साहित्यकार बनेर के गर्ने भनेर कसैले सोध्यो भने उनीहरूको जवाफ हुन्छ-मनको पिर व्यथा पोख्ने, विरह गाउँने या यस्तै यस्तै ।

विरह गाएर के हुन्छ भनेर सोध्यो भने भन्न सक्छन – मनको वह घट्छ र आनन्द आउँछ । उनीहरूलाई साहित्य पनि समाज रुपान्तरणको साधन हो भन्ने नै थाहा छैन।अझ कतिपय त राजनीतिलाई छि छि दुर दुर नै गर्छन। उनीहरूले बुझेको राजनीति कुनै पार्टिको सदस्य वन्नु , झोला झण्डा बोक्नु या चुनाव लड्नु मात्रै हो ।

राजनीतिमा देखिएका खरावीका कारणले पनि कतिपयलाई लागेको छ भने त्योभन्दा डर लाग्दो कुरा के छ भने- साहित्यलाई राजनीतिबाट अलग देख्ने र अलग गराउँने सत्ता पक्षको रणनीति हो ।त्यसै भएको हुनाले राजनीतिको विरोध गर्ने साहित्यकारहरू प्राय जसो नै यथास्थितिवादी राजनीतिको समर्थन गर्छन।तिनीहरू प्राय चालु राजनीतिको विरोध नगर्ने राजनीति गर्छन। तिनीहरू डर लाग्दो प्रतिकृयावादी राजनीति गर्छन तर अरुलाई राजनीति गर्नु हुन्न है भनेर कानेखुसी गर्छन।

युगौंदेखिको शोषक वर्गको राजनीतिमाथिको एकाधिकारलाई धूलो पीठो बनाउँदै राजनीतिमा होमिन आवस्यक छ र शोषक वर्गको हातबाट राज्य सत्ता खोसेर आफ्नो हातमा लिने र राज्य चलाउँने स्तरमा आफूलाई तयार पार्न आवस्यक छ।

सुनियोजित रुपमा फैलाइएको यो भ्रमको शिकार अधिकाङ्स साहित्यकारहरू भएका हुन्छन।शासक वर्गीय दृष्टिकोणले राजनीति नगर्नु भनेको चै क्रान्तिकारी राजनिति नगर्नु , जे चलिरहेको छ त्यसैमा सन्तोष गर्नु भनेर आफ्ना आज्ञाकारी दलाल जन्माउँन खोजेको हो । त्यसो त शासकहरूको सोच राजनीतिको ठेक्का आफूले मात्र लिन पाउनु पर्छ भन्ने हुन्छ।त्यसैले उनीहरू साहित्यकारलाई मात्र होइन विद्यार्थी , शिक्षक , कर्मचारी , किसान , मजदुर कसैलाई राजनीति नगर्नु वरु खुरु खुरु आफ्नो काम गर्नु , यो राजनीति साजनीति हामी गर्छौं भनेर भन्छन।यो तरिका भनेको श्रमजीविहरूलाई राजनीतिबाट विमुख बनाउँने र राजनीतिमा आफ्नो एकछत्र रजाई गरिराख्ने प्रतिकृयावादी शासक वर्गको षडयन्त्र हो ।

हाम्रा साहित्यकारहरूले शोषक वर्गको यो घिन लाग्दो षडयन्त्रलाई चिर्न जरुरी छ। युगौंदेखिको शोषक वर्गको राजनीतिमाथिको एकाधिकारलाई धूलो पीठो बनाउँदै राजनीतिमा होमिन आवस्यक छ र शोषक वर्गको हातबाट राज्य सत्ता खोसेर आफ्नो हातमा लिने र राज्य चलाउँने स्तरमा आफूलाई तयार पार्न आवस्यक छ। हामीले राजनीति नगरे पनि कसैले गर्छ गर्छ भने हामीले किन नगर्ने ? धनीका छोरा छोरीहरूले राजनीति गर्छन भने गरिवका छोराछोरीले किन नगर्ने ? खराव राजनीतिको दुखबाट छुटकारा पाउने भनेको राजनीतिबाट विमुख हुने होइन ।

वरु खराव राजनीतिलाई असल राजनीतिले, शोषक वर्गको राजनीतिलाई श्रमजीवी वर्गको राजनीतिले विस्थापन गर्ने हो। त्यसैले शोषक वर्गलाई त हामीले राजनीति गर या नगर भन्नै पर्दैन।हामीले नभने पनि उसले त गर्छ गर्छ ।गर्छु भने भने पनि गर्छ र गर्दिन भन्यो भने अझ खतरनाक तरिकाले गर्छ। समस्या त श्रमजीविको हो।लामो समय राजनीति गर्ने अधिकार नपाएकोले यो वर्गका मानिसहरू अन्जानमा राजनीतिप्रति वेवास्ता गर्छन।

मैले पनि राजनीति गरिखान्छु र भनेर सोच्छन। मसँग पैसा छैन, राजनीति गरेर मैले के गर्न सक्छु र भनेर निराश हुन्छन।हामीले यसरी मात्र सोच्यौं भने फटाहाहरूलाई फाइदा हुन्छ ।हामी राजनीतिको मैदान फटाहाहरूलाई कसरी त्यत्तिकै बुझाउँन सक्छौं ? अहँ सक्दैनौं । त्यसैले साहित्यकार लगायत मुलत युवा साथीहरू !

राजनीति वारेको तपाईहरूको भ्रम हटाउँनोस। देशले सच्चा राजनीति खोजेको छ। आजका राजनीति गर्नेहरू चोर भए भ्रष्ट भए गद्दार भए भनेर गाली गर्नेहरू यदि हामी सही छौं भने राजनीतिलाई सफा गर्न आउँनु पर्यो नि । हैन गाली चै मर्ने गरी गर्ने तर आफू चै राजनीति नगर्ने हो भने हामीभित्र पनि समस्या छ भन्ने बुझिन्छ।

Comments

comments