१ जेष्ठ, २०७५
बनेपा । एमाले निकट युवा संघ, नेपाल काभ्रे जिल्ला कमिटिले संघको केन्द्रिय समितिले आयोजना गरेको हरेक कार्यक्रमको बहिष्कार गर्ने घोषणा गरेको छ ।

जिल्ला अध्यक्ष विक्रम चौंलागाईं लगायतका पदाधिकारीहरुले संयुक्त हस्ताक्षर गरि निकालिएका प्रेस विज्ञप्ति मार्फत यस्तो घोषणा गरेको हो ।

हालै बसेको युवा संघ, नेपालको केन्द्रिय समितिको बैठकले काभ्रेको तीन जना युवाहरुलाई केन्द्रिय समितिमा मनोनित गरेको विषयलाई लिएर काभ्रे जिल्ला समितिले आपति जनाएको छ । संघको नेता तथा कर्याकर्ताको मनोवल गिर्ने गरि गरिएको निर्णय भन्दै यो प्रति गम्भिर आपत्ति रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

‘भूगोलमा कृयाशिल रहँदै आएका युवा संघका नेता, कार्यकर्ताको मनोवल गिर्ने गरि युवा संघ नेपाल केन्द्रीय कमिटिको हालै बसेको बैठकबाट काभ्रे जिल्लाबाट मनोनितको सन्दर्भमा गरिएको निर्णय प्रति युवा संघ नेपाल काभ्रे जिल्ला कमिटिको गम्भिर आपत्ति रहेको छ ।’ विज्ञप्तिमा भनिएको छ– ‘उक्त निर्णय नसच्चिएसम्म युवा संघ काभ्रे जिल्ला कमिटिले केन्द्रीय कमिटिका सम्पूर्ण कार्यक्रमहरु बहिष्कार र केन्द्रिय कमिटिलाई युवा संघ नेपाल काभ्रे जिल्ला कमिटिको कुनै पनि कार्यक्रममा सहभागी नगराउने साथै भोली जेष्ठ १ गते युवा संघ नेपालको स्थापना दिवस काभ्रेमै मनाउने जानकारी गराउँदा छौं ।

विज्ञप्तिमा आफू मातहतको निकायलाई केन्द्रको कार्यक्रममा सहभागी नहुन नगराउन निर्देशन समेत दिएको छ ।
विज्ञप्तिमा अध्यक्ष विक्रम चौंलागाईं, उपाध्यक्ष सागर रायमाझी, सचिव रमेश लामा र कोषाध्यक्ष सौगत बस्नेतले हस्ताक्षर गरेका छन् ।

Comments

comments

SHARE