काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतापछि बन्ने नेपाल कम्युनिष्ट पार्टीको एमालेको तर्फबाट २४१ र माओवादीबाट २०० जना हुने सहमति भएको छ ।

त्यसैगरि ४३ सदस्यीय स्थायी कमिटीमा एमालेबाट २५ र माओवादीबाट १८ जना रहने स्रोतले बताएको छ ।

पार्टी एकताको बिहीबार मदन आश्रति स्मृति दिवसको अवसर पारेर बल्खुमा घोषणा गर्ने दुई पार्टीको तयारी छ ।

बुधबार विहान एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो ।

Comments

comments