काठमाडौं । लामो समय पछि एमाले र माओवादी केन्द्र भोलि (विहिबार) एकता हुने पक्का भएको छ ।

एमाले र माओवादी केन्द्रीय समितिको आ–आफ्नो बैठकले पार्टी एकता गर्ने सहमतिलाई अनुमोदन गरेसँगै पक्का भाएको हो ।

एकताको ऐतिहासिक कार्यभार अगाडि बढाउन सकिएको र यसले नेपालमा राजनीतिक स्थिरता, समृद्धि र विकासमा मद्दत पु¥याउने माओवादी वैठकको बुझाई छ ।

आज विहान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच अन्तिम छलफल भएपछि भोलि पार्टी एकता गर्ने सहमति बनेको थियो ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीचको वान टु वान वार्ता भएको थियो । त्यसपछि दुवै पार्टीले आन्तरिक बैठक बोलाएर सहमति अनुमोदन गरेका हुन् ।

गत असोज १७ गते चुनावी गठबन्धनमा सामेल यी दुई वाम दलले स्थायित्व, शान्ति, स्थिरता, समानता र समृद्धिका लागि एकीकृत हुने घोषणा गरेका थिए ।

भोलिको कार्यसूचि छ

विहान ८ बजे मदन स्ृमति दिवस मनाउने
१० बजे पार्टी एकता संयोजन समितिको बैठक बस्ने
११ बजे एमालेको केन्द्रीय समितिको बैठक बस्ने
१ बजे माओवादी केन्द्रीय कार्यलय बैठक बस्ने
३ बजे सकेसम्म एकीकृत पार्टी दर्ताका लागि निर्वाचन आयोग जाने
४ बजे पत्रकार सम्मेलन गरेर एकताको घोषणा गर्ने

 

Comments

comments

SHARE