काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले नव गठीत पार्टी टेम्पु नभई जेटप्लेन भएको ठोकुवा गरेका छन् ।

पार्टी अध्यक्ष दुईवटा भएकोमा विभिन्न कोणबाट चर्चा भएको भन्दै उनले स्पष्ट पार्न खोजेका छन् ।

एमाले र माओवादी केन्द्रबीच एकीकरणपछि बनेको नेपाल कम्युनिस्ट पार्टीमा प्रधानमन्त्री केपी शर्मा ओलीले ठूलो पार्टी चलाउनु जहाज उडाउनु जत्तिकै भएको टिप्पणी गरेका छन् ।

अध्यक्ष ओलीले पार्टीमा दुई अध्यक्ष राख्नुको औचित्यबारे प्रस्ट पार्दै ठूलो पार्टी चलाउनु जहाज उडाउनु जस्तै भएकाले दुई जना अध्यक्ष राखिएको बताए ।

‘टेम्पु चलाए जस्तो होइन, जहाजमा दुई पाइलट हुन्छन् ।’ ओलीले भने ।

Comments

comments

SHARE