काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल (प्रचण्ड) र केपी शर्मा ओलीले पार्टी एकताले विश्वभरि नयाँ सन्देश जारी भएको बताएका छन् ।

नेपालमा शक्तिशाली कम्युनिष्ट स्थापना गर्ने प्रचण्ड ओलीको योजना सफल भएको उनीहरुले चर्चा समेत गरेका छन् ।
एकतालाई दुवै अध्यक्षले अक्सिजन र हाइड्रोजन मिलेर पानी बनेको जस्तो बताएका छन् । पानीमा हाईड्रोजन र अक्सिजन नखोज्न समेत कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।

एमाले र माओवादी केन्द्र अब नेपाल कम्युनिष्ट पार्टी भित्र जति खोजे पनि नपाउने अध्यक्षद्वयले स्पष्ट पारेका छन् ।

हेर्नुहोस् भिडियोः

Comments

comments