काठमाडौं । एमाले र माओवादी केन्द्र बीच पार्टी एकताको विषयलाई लिएर नेकपाका नेकपाका महासचिव विप्लवले गद्दारी र विसर्जनको संज्ञा दिएका छन् । उनले यो कदमले जनक्रान्ति जन्माउने शक्ति पैदा गर्ने समेत ठोकुवा गरेका छन् ।

यो एकता वास्तविक क्रान्तिकारी पार्टीहरुका बीचको एकता नभएर टाट पल्टिएका बैंकका संघहरु बीचको एकता भएको उनको आरोप छ ।

‘यिनीहरुको एकता कम्युनिस्ट एकता होइन कम्युनिस्ट आदर्शबाट च्युत भएका घोर अवसरवादी संशोधनवादीहरुको एकता हो । उनीहरुको एकता कम्युनिस्टहरुको एकता होइन ।’ विप्लबले भनेका छन्– ‘क्रान्तिबाट भागेर पुँजीवादमा पतन भएका संशोधनवादीहरुको गठजोड हो । विचार मरेको, तुच्छ स्वार्थ बोकेका जनघाती र राष्ट्रघातीहरुको घोर मिलाप मात्र हो । यसलाई अर्को भाषामा टाट पल्टिएको बैंक र हुन्डी व्यापारीसँगको विलय बाहेक अरु भन्न मिल्दैन ।’

यो एकताको सबै भन्दा भद्दा र कुरुप चित्र प्रचण्ड माओवादीको सम्पूर्ण रुपले विसर्जन भएको बताएका छन् । आफुले प्रचण्डहरु यो आत्मासमर्पणको खाडलमा जाकिन्छन् भन्ने कुरा पहिला नै देखेको र भनेको बताए ।

साम्राज्यवादी सेनाले त क्रान्तिकारी शक्तिलाई परास्त गर्न सकेन भनें यी संसदवादी, संशोधनवादी, आत्मासमर्पणवादीहरुले सरकार परिवर्तन भयो भन्दैमा क्रान्ति रोकिने र नयाँ युगको शुरु हुन्छ भन्ने कल्पना नगर्न आम जनतामा आव्हान समेत गरेका छन् ।

लौ हेर्नुहोस् प्रेस विज्ञप्ति

 

Comments

comments

SHARE