बनेपा । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले एमाले र माओवादीलाई लोकतान्त्रिक बाटोमा काँग्रेसले हिडाएको दाबी गरेका छन् ।
शनिबार काभ्रेको बनेपामा नेपाल शिक्षक संघ काभ्रेले संघको २९ औँ स्थापना दिवसको अवसरमा आयोजित प्रशिक्षण कार्यक्रममा नेता सिटौंलाले उक्त दाबी गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले राष्ट्रिय अस्तित्वको रक्षा, राष्ट्र, सार्वभौमसत्ताको रक्षा नेपाली कांग्रेसले मात्रै गर्न सक्ने ठोकुवा समेत गरे ।
वर्तमान कम्युनिष्ट सरकारले शिक्षक, प्रशासन लगायतलाई तर्साउने काम गरेकाले यस्तो कदम सच्याउन सरकारलाई अनुरोध समेत गरे ।
सिटौलाले मुल्य मान्यताको रक्षा गर्न सक्नुपर्नेमा जोड दिए । ‘चुनाव जित्नु र हार्नु, सरकार बन्ने र नबन्ने ठूलो कुरा होइन ।’ उनले भने– ‘मूल्य र मान्यताको रक्षा गर्न सक्नु ठूलो कुरा हो ।’