विराटनगर । अतिहिन्दुवादी पण्डित श्रीनिवास आचार्यलाई जेष्ठ १२ गतेसम्मका लागि हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।

आफैलाई गोली हान्न लगाउने आरोपमा पक्राउ परेका पण्डित नेपालमा धार्मिक असहिष्णुताको लागि काम गर्दै आएका थिए ।

आफ्ना अंगरक्षकलाई आफैँ गोली हान्न लगाएर धार्मिक सदभाव भडकाउन खोेजेको आरोपमा पक्राउ परेका २६ वर्षीय पण्डित लाई हिरासतमा राख्न जिल्ला प्रशासन मोरङले अनुमति दिएको हो ।

मोरङ प्रहरीले श्रीनिवासलाई नियन्त्रणमा लिएपछि २५ वैशाखमा हातहतियार तथा खरखजाना मुद्दामा पहिलो पटक जिल्ला प्रशासन मोरङमा दश दिनको म्याद थप गराएको थियो । दोस्रो पटक ३ जेठदेखि लागू हुने गरी १२ जेठसम्मको म्याद थप गराएको हो । प्रहरीले नियन्त्रणमा लिएका आरोपीहरुलाई २४ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति पाउँछ ।

हातहतियार खरखजाना ऐन २०१९ अनुसार कसुर ठहर भएमा पण्डित अर्चायलाई एक बर्ष कैद र एक लाख रुपैयाँ जरिवाना वा दुवै सजाय हुनसक्ने छ ।

नेपाल धर्मनिर्पेक्ष भएपछि हिन्दुराष्ट्रको माग गर्दै यसरी दंग फसाद निम्त्याएर अशान्ति मच्चाउने योजनामा उनी लाग्दै आएको छ ।

Comments

comments

SHARE