काभ्रे । नव गठित नेपाल कम्युनिष्ट पार्टीको ४ सय ४१ जनाको केन्द्रिय समितिमा काभ्रे जिल्लाबाट पूर्व माओवादी केन्द्रका नेताहरु कोही पनि नपरेपछि आक्रोशित भएका छन् ।

विभिन्न जिल्लाबाट करिब एक दर्जन पार्टी नेताहरु केन्द्रिय सदस्य भएपनि आफ्नो जिल्लाबाट एक जना पनि केन्द्रिय समितिमा मनोनित नभएपछि यसरी आक्रोशित भएका हुन् ।

यसैबीच तत्कालीन माओवादी केन्द्रका जिल्ला इन्चार्ज सूर्यमान दोङ (लालध्वज)ले केन्द्रिय सदस्य छनौट प्रक्रियाप्रति गम्भिर आपत्ति जनाएका छन् । लालध्वजले जनयुद्धमा काभ्रेले खेलेको अतुलनीय भूमिका प्रति अपमान गरेकोले यस्तो अपमान सहन नसक्ने बताएकाछन् ।

आफू एकताको पक्षमा दृढ रहेको पनि बताएका छन् । ‘यो छनौट प्रक्रियाप्रति मेरो गम्भिर आपत्ति छ । यो काभ्रेली जनतामाथिको अपमान हो ।’ उनले तेमाल अनलाईनसँग भने– ‘यद्यपी म पार्टी एकता प्रति दृढ छु ।’
उनका अनुसार बुधबार एक सय जना तत्कालीन माओवादी केन्द्रका पोलिटव्यूरो सदस्यहरुको बैठक काठमाडौंमा बसेर भावी योजना निर्माण गर्ने लालध्वजले बताए ।

सामाजिक सञ्जलमा आक्रोश

यतिखेर काभ्रेका तत्कालीन माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुले सामाजिक सञ्जालन (फेसबुक)मा असन्तुष्टी पोखेका छन् । पूर्व माओवादी केन्द्रका जिल्ला कार्यालय सदस्य इन्द्रबहादुर थिङ (छिन्ताङ)ले काभ्रेली जनता र काभ्रेबाट रगत बगाउनु हुने २ सय ८० जना वीर शहिद माथि घोर अपमान नेतृत्वबाट भएको आरोप लगाएका छन् ।

‘नेकपाले आज सार्वजनिक गरेको ४ सय ४१ जनाको नामवलीभित्र माओबादी केन्द्र पट्टीको भागको २०० जनाको नामवलीमा काभ्रेबाट काभ्रे कार्यक्षेत्र भएका कुनैपनि नेताको प्रतिनिधित्व नहुनु निर्णय गर्ने नेताको ठूलो राजनैतिक अपराधको रुपमा तत्कालिन जनयुद्धकालिन काभ्रेली नेताहरुले लिएको बुझिएको छ ।’ छिन्ताङले लेखेका छन् ।

यसरी पोखेका छन् सामाजिक सञ्जालमा आक्रोशः

 

Comments

comments

SHARE