बनेपा । विकासका लागि नागरिक समाज र संचार जगतबीच सहकार्य विषयक अन्तरक्रिया आज बनेपामा एक कार्यक्रमको आयोजना गरी सम्पन्न भएको छ ।

नागरिक समाज र संचारकर्मी बीच भएको कार्यक्रम सामुदायिक सारथी, इन्सेक, र नेपाल पत्रकार महासंघको सहकार्यमा भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिनाले नागरिक समाज विशेषगरी ०६२  र ०६३ को जनआन्दोलन पछाडि ०७५ साल सम्म नागरिक समाज नै छैन की भन्ने अनुभुति भएको अवस्था रहेको बताएका छन् ।

भुकम्पको पुननिमार्णमा १८ हजार पर्ने एक टिपर बालुवाको ३० हजार तिर्दा पनि कोही पनि नागरिक नबोलेको र १४ हजार पर्ने इट्टा २८ हजार पर्दा पनि कोही नागरिक समाज बोल्दैन यी कुराहरुमा नागरिक समाज र संचारकर्मीले ध्यान पुर्यानुपर्नेमा जोड दिएका छन् ।

त्यसैगरी नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ का सचिव सुरेश हुमागाई, नेपाल बार एशोसियसनका अध्यक्ष कृष्णप्रसाद सापकोटा, गैसस महासंघ काभ्रेका सदस्य तथा महिला विभाग प्रमुख गंगा दोङ, गैसस महासंघ काभ्रेका सदस्य कमल बन्जारा, इन्सेक मध्यमाञ्चल कार्यालयका गणेश भण्डारी र इन्सेक प्रतिनिधि भोजराज तिमल्सिना लगायत सबै सहभागीहरुले सहकार्यको विषवस्तु, अवसर, चुनौती र समस्याको विषयमा आफ्ना भनाई राखेका थिए ।

सहकार्यको विषयवस्तुहरुमा पुननिमार्णका विषयवस्तु, स्थानीय तहका काम र बजेटको सदुपयोग वा दुरुपयोग, नागरिकका सबैखाले हक अधिकार, लक्षित वर्ग को बजेटका विषयमा नागरिक समाज र संचारकर्मीहरु मिलेर यस विषयको समाधानका लागि आ आफ्नो क्षेत्रबाट लागिपर्ने कुरामा सहमती जनाएका थिए ।

 

Comments

comments

SHARE