भक्तपुर । काभ्रेबाट काठमाडौ जादै गरेको टिपरले स्कुटरलाई ठक्कर दिदा स्कुटरमा सवार तीन जनाको आज( बुधबार) घटनास्थलमा नै मृत्यु भएको छ ।

बा५६प १२२७ नम्बरको स्कुटरलाई बा३ख ६६७४ नम्बरको टिपरले भक्तपुरमा ठक्कर दिदा मृत्यु भएको महानगरीय प्रहरी वृत ठिमीका प्रहरी उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिएका छन् ।

मुत्युहुनेमा दोलखा मेलुङ ६ स्थायी घर भई हाल मध्यपुरथिमी नगरपालिका १ लोकनथली बस्ने ५० वर्षिय स्कुटर चालक हरि बहादुर कटुवाल, ४२ वर्षिय सविता घिमिरे र १३ वर्षिय घिमिरे रहेका छन् । शव लाई भक्तपुर अस्पतालमा राखिएको छ ।

टिपरलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । भने टिपर चालक फरार रहेको प्रहरीले जनाएको छ ।

Comments

comments