काभ्रे । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हरेक कार्यक्रममा सम्बोधनको क्रममा भावुक हुने र गला नै अबरुद्ध हुँदै मन्तव्य राख्ने क्रम बढ्दो छ ।

यसैक्रममा विहिबार दाहाल बन्धु अध्ययन प्रतिष्ठानको कार्यालय उद्घाटन समारोहमा पनि उनी भावुक भए र गला नै अबरुद्ध पारे । बोल्दा बोल्दै प्रचण्ड एकछिन रोकिए पनि ।

जब उनले आफ्नो जन्मथले पोखराको ढिकुर पोखरीको गरे तब उनी भावुक बने र मन्तव्य नै एक छिन रोकियो । सबैलाई उनको भावुकताले भावुक बनाए । ‘तपाईंहरुलाई भेट्दा ढिकुर पोखरीका दिदीबहिनीहरुको अनुहार र यहाँका दिदीबहिनीहरुको अनुहार उस्तै देखिन्छ ।’ भावुक हुँदै उनले भने ।

कार्यक्रममा प्रचण्डले आफू राष्ट्रिय एकताको अभियानमा लागेकोले दाहाल बन्धु एकताको अभियानमा लाग्न नभ्याएको बताए । ‘दाहाल हुनुको नाताले दाहाल बन्धुहरुको एकता भन्दा पनि राष्ट्रको एकता गर्ने तिर मेरो समय खर्चियो । मैले राष्ट्रलाई एकता गर्न मेरो धेरैसमय खर्चियो ।’ प्रचण्डले भने– ‘सबै जातजाति, वर्ग समुदायलाई एकताबद्ध गर्ने काममा लागें । मलाई लाग्छ हामी सबै दाहाल बन्धुहरुको निम्ति यो काम निकै नै गौरब गर्न लायकको छ ।’

कार्यक्रममा प्रदेश सांसद बसुन्धारा हुमागाईंले काभ्रेलाई प्रदेशको राजधानी बनाउन पहल गर्न अध्यक्ष प्रचण्ड समक्ष अनुरोध गरेका थिए । तर मन्तव्यको क्रममा अध्यक्ष प्रचण्डले यो विषयमा बोलेका थिएनन् ।

प्रचण्डको भावुक भिडियो

Comments

comments