काठमाडौं । नेपाल टेलिभिजनबाट प्रत्येक शुक्रबार प्रसारण हुँदै आएको हाँस्य टेलिश्रृंखला ‘भद्रगोल’ले तामाङ समुदायको आत्मसम्मानमा ठेस पुग्ने खालको सामग्री प्रसारण गरेको भन्दै आपत्ति जनाएको छ ।

नेपाल टेलिभिजनबाट जेष्ठ ४ गते शुक्रबार प्रसाररित हाँस्य टेलिश्रृंखलामा सुन तस्सकरी सम्बन्धि सामाग्री प्रसारण गरेको र उक्त प्रसारणमा एकजनालाई तामाङ पात्र बनाई तामाङ भाषा बोल्न लगाइएको प्रति घेदुङले प्रेस विज्ञप्ति नै निकालेर आपत्ति जनाएको हो ।

‘यस प्रस्तुतिमा अनावश्यक रुपले तामाङ भाषा बोल्ने व्यक्तिलाई सुन तस्करमा संलग्न पात्र बनाई सम्पूर्ण तामाङहरुलाई नै अपराधी बनाउन खोजिएको हुँदा यसले समस्त तामाङ समुदायको आत्मसम्मानमा चोट पु¥याएको छ ।’ महासचिव मोहितकुमार तामाङद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ– ‘टेलिश्रृंखलाको प्रसारणमा तामाङ समुदायलाई लक्षित गरी गरिएको कमजोरी सच्याउन र आगामी प्रसारणबाटै तत्काल माफी माग्न कार्यक्रम उत्पादकलाई हामी आग्रह गर्दछौं । अन्यथा समुदयामाथि सार्वजनिक रुपमा गरिएको यसखालको अपमान सह्य नहुने र यसबाट उत्पन्न हुने परिणामको स्वयं कार्यक्रम निर्माता पक्ष जिम्मेवार हुन पनि हामी जानकारी गराउँदाछौं ।’

 

यस्तो थियो टेलिश्रृंखलामा प्रसारीत सामग्रीः

Comments

comments

SHARE