काठमाडौं । मिसेस तामाङ २०१८ को ताज पाल्साङ तामाङले पहिरेकी छिन् ।
तामाङले ताजसँगै बेष्ट पर्सनालिटी, भिवर च्वाइस र नगद १ लाख समेत जितेकी छन् । उनलार्इ पहिलो संस्करणका मिसेस तामाङले ताज पहिरि दिएकी थिइन् ।

तामाङले १२ प्रतिस्पर्धीहरूलार्इ पछि पार्दै ताज पहिरिन सफल भएकी छन् ।

बिहीबार राष्ट्रिय नाचघरमा सम्पन्न ग्राण्ड फिनालबाट फस्ट रनरअफ हेटौडाकी निरु थिङ तामाङ, सेकेन्ड रनर अफ सिन्धुलाल्चोककी पेमा तामाङ, थर्ड रनरअफ काभ्रेकी सुनिता तामाङ र फोर्थ रनरअप सञ्जिता ङार्थेन तामाङ भएकी छन् । उनीहरूले क्रमशः ५०, ३५ र २५ हजार जितेकी छन् ।

त्यसैगरी फस्ट रनरले बेष्ट एक्टिभ, थर्ड रनरका सुनिताले बेष्ट फोटोजेनिक र फेसबुकमा सब टाइटल जितेकी हुन् । फोर्थ रनरका सञ्जिताले पपुलर च्वाइस र बेष्ट ब्युटी हेयरका सबटाइटल जितेकी हुन् ।

विवाहित महिलाहरूको दक्ष, क्षमता, भाषा, संस्कृति सम्बन्धी उजागर गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको एसके इन्टरटेन्टमेन्टका अध्यक्ष शान्ता लामाले बताइन् ।

विवाहित भएका महिलाहरुले पनि परिवर्तन, सम्बृद्धि समाजमा महत्वपूर्ण भुमिका रहेको कुरालाई मध्येनजर गर्दै मिसेस तामाङ २०१६ ले नयाँ पाइलाको थालनी गरेका हुन् ।

निर्णायक मण्डल लाप्साङकार्पो म्युजिक सेन्टर प्रबन्धक निर्देशक रोशन फ्युवा, २०१७ का मिसेस गुरुङ सुमना, वाइबा सामाजका अध्यक्ष बिगेन्द्र एस वाइबा तामाङ, अर्टिस नेपालको राज लुइँटेल, अशोक प्यासी रहेका थिए ।

त्यस्तै गरी कार्यक्रममा प्रमुख अथिति कानूनी न्याय तथा संसदीय दलका मन्त्री सेर बहादुर तामाङ, विशेष अथिति पूर्व संस्कृति उड्डयन राज्यमन्त्री श्रीपर्शुराम तामाङ र पूर्व कानूनी राज्यमन्त्री दिलमान पाख्रिन लगायत रहेका थिए ।

Comments

comments

SHARE