ज्ञानेन्द्र दाहाल
पाँचखाल । पाँचखाल नगरपालिका वडा नं. ३ काफ्ले डिहीमा स्थापना भएको काफ्लेडिही–बानियाडिही समाज सुधारले मृतकको नाममा बृक्षरोपण गरेको छ ।

समाजमा योगदान पु¥याएको सदस्यहरुको निधन पछि मृतकको नाममा बृक्षारोपण गरिएको हो ।

यसैक्रमा शनिबार संस्थाका धरोहर स्व. मुक्तिनाथ अधिकारी र स्व. साधुराम दाहालको १३ औं पुण्यतिथिका अवसरमा मृतकका परिवारहरुले बृक्षारोपण गरेका छन् । बृक्षा रोपण स्व. साधुराम दाहालको धर्मपत्नी सावित्री दाहाल र छोरा शिवराम दाहालले एक कार्यक्रमका बीच गरेको थिए । उनीहरुले १२ ओटा रुख रोपेका थिए ।

कार्यक्रममा पाँचखाल नगरपालिका वडा नं. ३ का वडाअध्यक्ष सुन्दर अधिकारीले मृतकको नाममा गरिएको यो बृक्षारोपण पाँचखाल नगरपालिककाकै नमुना कार्यक्रम भएको चर्चा गरे । ‘यो कार्यक्रमले मृतकको आत्मको शान्तिसँगै वातावरण र वन जोगाउने कार्यमा ठूलो भूमिका खेल्छ ।’ वडाअध्यक्ष अधिकारीलै भने ।

त्यसैगरि समाजका बुद्धिजीवि पूर्णप्रसाद दुलालै नयाँ कार्यक्रमकौ शुरुवातसँगै समाजले सामाजिक एकतामा झन बढोत्तरी गर्ने र आगामी दिनमा पनि समाजका सदस्यहरुको कामना गर्दै बृक्षारोपण गर्दै जाने बताए ।

कार्याक्रममा समाजका अध्यक्ष फाल्गुण प्रसाद दाहाल, युवा समासेवी सन्तोष बानियाँ, ज्ञानबहादुर थापा लगायत समाजका सदस्यहरुको उपस्थिति रहेका थिए ।

Comments

comments

SHARE