आर्थिक सर्वेक्षण २०७४/०७५ अनुसार देशको कुल तिर्न बाँकी सार्वजनिक ऋण ८ खर्ब ४३ अर्ब रहेको छ।

जुन कुल ग्राहस्थ उत्पादनको २८.० प्रतिशत हुन आउँछ। यसमध्ये वैदेशिक ऋणको अंश ५३.९ प्रतिशत रहेको छ। आर्थिक वर्षको प्रथम ८ महिनामा १ खर्ब ४ अर्ब ५५ करोड आन्तरिक ऋण परिचालन भएको सर्वेक्षणले देखाएको छ।

सर्वेक्षणअनुसार पछिल्लो समयमा मुद्रास्फीति चाप पर्न थालेको छ। २०७४ साउनमा २.३ प्रतिशत रहेको वार्षिक विन्दुगत उपभोक्त मुद्रास्फीति दर ०७४ फागुनमा ६ प्रतिशत पुगेको देखिएको छ।

त्यसैगरी २०७४ फागुनमा वार्षिक विन्दुगत थोक मुद्रास्फीति दर २.३ प्रतिशत रहेको र अघिल्लो वर्षको सोही अवधिमा यो स्फीतिदर १ प्रतिशत रहेको थियो।

आर्थिक २०६६/०६७ पछि नेपालको सोधान्तर पुन घाटामा गएको छ। प्रथम ८ महिनामा यस्तो घाटा २५ अर्ब पुगेको छ।  पछिल्लो समयमा निर्यातको तुलनामा आयातको वृद्धि दर उच्च देखिएको छ। जसले व्यापार घाटा बढ्दै गएको देखाउँछ।

२०७४/०७५ को प्रथम ८ महिनामा कुल वस्तु निर्यात १०.८ प्रतिशतले निर्यात हुँदा आयात भने २२.१ प्रतिशतले बढेको छ । यस्तै अवस्था रहने हो भने आर्थिक वर्षको अन्तिमसम्म व्यापार घाटा २१.२ प्रतिशतले बढेर कुल ग्राहस्थ उत्पादनको ३७ प्रतिशत पुग्ने अनुमान छ।

Comments

comments

SHARE