-अञ्जली तामाङ
बनेपा । ब्लड क्यान्सरले पिडित भएकी मण्डनदेउपुर नपा ९ की २० वर्षिया रुपा तिवारीले उपचारको लागि आर्थिक सहयोग मागेकी छिन् ।

रगत क्यान्सर रोगले पीडित भएकी रुपाको उपचारमा आर्थिक समस्या परेकोले सहयोगको लागि उनकी परिवारले सबैमा याचना गरेका छन् ।

उपचारका लागि लामो समय देखि महाराजगंज स्थित शिक्षण अस्पतालमा रहेकी उनको परिवारको आर्थिक अवस्था दयनीय छ । खर्च धेरै लाग्ने अस्पतालले जनाएपछि जुटाउन नसक्दा उनको उपचारमै समस्या परेको छ ।

उनको परिवारसँग भएको रकम सकेपछि अहिले आर्थिक सहयोगका लागि अनुरोध गरिरहेका छन् । उनलाई उपचारका लागि सहयोग गर्न सम्बन्धित वडा कार्यालयले सिफारिस बनाइदिएको बिरामीका बाबु अर्जुन प्रसाद तिवारीले बताए ।

सहयोगका लागि कुन्तावेशीका केही स्थानीय बासीहरुले रकम संकलन अभियान समेत सुरु गरेका छन् ।

यो मानवीय संवेदनशीलताको विषयमा सबैले सक्दो सहयोग ग¥यौं भने उनको जीवन बाँच्न सक्छ । त्यसैले उनीलाई सक्दो सहयोग गरौं । सहयोगका लागि उनका दाइ देवेन्द्र तिवारीको माछापुच्छ«े बैंक न्यूरोड शाखामा रहेको खाता नं. २१४९५२४६१०१६६०१३ मा जम्मा गर्न सकिने छ ।

Comments

comments

SHARE