बेथानचोक । बेथानचोक गाउँपालिका वडा नं. ३ को आयोजनामा एघारौं गणतन्त्र दिवस तथा प्रथम वडा कार्यालय स्थापना दिवसको उपलक्ष्यमा आयोजित लैगिक समानता तथा महिला आय आर्जन मूलक तालिम एवं एकल विधवा महिला सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष तिमल्सिनाले शहिदहरु प्रति सदैव सम्मान गर्नुपर्ने बताए ।

‘गणतन्त्र त्यसै आएको होइन । पटक पटक आन्दोलन भयो । २०४६ सालको जनआन्दोलन र २०६२/०६३ को आन्दोलन लगायतका आन्दोलनबाट देशमा गणन्तत्र आएको हो । अध्यक्ष तिमल्सिनाले भने ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सरिता लामिछाने, बेथानचोक गाउँपालिकाका प्रशासकिय अधिकृत टेकराज आचार्य, विष्णुदल गणका गणपति रामहरी केसी, नेपाल शिक्षक प्रदेश नं. ३ का प्रमुख नारायण तिमल्सिना लगायतले गणतन्त्रका विषयमा चर्चा गरेका थिए ।

वडा नं. ३ का वडा अध्यक्ष दिलबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा ३ नं. वडाका एकल महिला १ सय २० जनालाई सम्मान गरेको थियो । कार्यक्रम वडा कार्यलयका कर्मचारी राजकुमार श्रेष्ठले सञ्चालन गरेका थिए ।

Comments

comments

SHARE