पनौती । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत आलु सुपरजोन कार्यान्वयन इकाई काभ्रेका कार्यालय प्रमुख किशोर पन्तले पनौति नगरपालिका वडा नं. २, कुशादेविका किसानहरुलाई बुधबार निम्तो बाँडेका छन् ।

सुपर जोनकोबारेमा किसानहरु अनविज्ञ भएकोले यो सम्बन्धी ज्ञान हासिल गर्नका लागि पन्तले किसानहरुलाई आफ्नो कार्यालयमा निम्तो दिएका हुन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत आलु सुपरजोन कार्यान्वयनकोबारेमा किसानलाई आभिमुखीकरण गोष्ठिमा पन्तले सुपर जोनकोबारेमा जानकारी गराइएका थिए ।

‘यसको लक्ष भनेको किसानको संख्या घटाउने, रोजगार बढाउने र औद्योगिकरण गर्ने हो ।’ पन्तले भने, ‘यसले किसानको माग अनुसार काम गर्छ । तपाईंहरुले पनि के गर्ने हो, माग गर्नुहोस् ।’

गत हप्ता परेको भिषण असिना पानीका कारण बाली नष्ट भएको गुनासो प्रति र्इंगित गर्दै पन्तले वाली विमा नगरेकोले किसानहरु घाटामा गएको प्रष्ट पारै । ‘तपाईंहरुले वाली बिमा किन नगर्नुभएको ?’ पन्तले भने, ‘राज्यले ७५ प्रतिशात पैसा रकम व्यहोर्ने गरि वाली विमाको योजना ल्याएको थियो । सबै फिर्ता भयो ।’

उनले गाईबस्तुको गोबारलाई बढी संरक्षण गरेकोमा पिशाबमा बढी अर्गानिक भएकोले पिशाबलाई संरक्षण गरि बालीमा प्रयोग गर्न किसानलाई आग्रह गरे ।

अभिमुखीकरण गोष्ठी कार्याक्रममा उपस्थितिहरुलाई सुपरजोन र यसको महत्वकोबारेमा सुपर जोनका प्राविधिक सहायक रामदरेश रायले प्रशिक्षण दिएका थिए ।

पातिखोरिया कृषि सहकारी संस्था लिमिटेडका सदस्यहरु सहभागीता रहेको उक्त अभिमुखिकरण गोष्ठिमा उनीहरुले विभिन्न जिज्ञासा समेत राखेका थिए । कार्यक्रममा ४५ जना किसानकोको सहभागीता रहेका थिए ।

Comments

comments

SHARE