भक्तपुर । आफ्नी गर्ववती श्रीमतीलाई छोडेर संखुवासभा जिल्ला बानेश्वर गाविस वडा नम्वर ६ का इन्द्रवहादुर तामाङ तरुनी लियर फरार भएका छन् । काठमाण्डौं जिल्ला भीम ढुङ्गा रामकोटमा बस्दै आएको इन्द्र आफ्नी गर्ववती भएकी श्रीमतीलाई धोका दिएर अर्के केटि लिएर फरार भएका हुन् ।

वर्ष ३७ का उनी सिन्दुपाल्चोक जिल्ला मेलम्चीकी बुद्धिमाया तामाङ नामकी केटि लिएर फरार भएको पिडित विजय लक्ष्मी बताउँछिन् ।

बुद्धिमाया तामाङ

आफु गर्वबती भएको अवस्थामा ८ महिना पुरा भई सकेको छ म यो बच्चालाई जन्म दिन त दिन्छु तर यो बच्चाको बाउले भने मलाई यस्तो अवस्थामा आएर धोका दियो उनी गुनासो गर्छिन ।

आफ्नो ११ बर्षिया छारी र जन्मन लागेको सन्तानको माया समेत नभएर उनीलाई केवल तरुनी मात्र चाहियएको रहेछ यस्ता अपराधीहरुलाई कडा भन्दा कडा कारवाही हुनु पर्ने उनी बताउँछिन् ।

आफु माथी पिडा भएको भन्दै उनी महानगरिय प्रहरी वृत्त स्वम्वु र गौशालामा न्यायका लागि पुगेकी छन । उनका पती जेष्ठ ५ गते देखि केटि लियर फरार रहेका छन् ।

Comments

comments

SHARE