काठमाडाैं । सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका अभियुक्त एसएसपी श्याम खत्रीले अात्मसमर्पण गरेका छन् ।

बिहीबार कानुनी सहयोगी अधिवक्ता हेमराज पन्तमार्फत मोरङ जिल्ला अदालत हाजिर भएका खत्रीले अात्मसमर्पण गरेका हुन् ।

अदालतको नियन्त्रणमा रहेका खत्रीसँग आज बयान लिने तयारी छ ।

सुन तस्करीको अनुसन्धान गर्न बनेको टोलीले खत्रीलाइ झिकाउन प्रहरी प्रधान कार्यालयलाइ पत्राचार गरेपिछ उनी फरार थिए । वैशाख १८ गते जिल्ला प्रहरी कार्यालय मोरंगले प्रतिवादी बनाएर एसएसपी खत्रीविरूद्ध मुद्दा अदालतमा दर्ता गरेको थियो ।

प्रहरीले देशभर रहेका आफ्ना प्रहरी युनिट र अन्तरार्ष्ट्रिय प्रहरी संगठन इन्टरपोलको सहयोगमा खत्रीको खोजी गरिरहेको थियो ।

तस्कर गोरेले अदालतको बयानमा एसएसपी खत्रीसँग मिलेर सुन भित्र्याएको उल्लेख गरेका छन् ।

Comments

comments