-रोजन तामाङ
काभ्रे । जिल्लाको रोशी गाउँपालिका वडा नं. १ खहरेपांगु ताङलिङमा रहेको श्री चेतना माबिका बिद्यार्थीहरुले तामाङ भाषामा कचहरी नाटक देखाएको छ ।

धेरैजसो तामाङ बिद्यार्थी रहेको उक्त बिद्यालयमा तामाङ समुदायका बालबालिकाहरुले भोग्नुपरेको समस्या, पढाई बिचमै छोड्नुपरेको, पढ्न भन्दा अन्य काम गर्न लगाउनु, छोरीलाई बिद्यालय भन्दा घरको काममा लाउनु, बिद्यालयमा पढ्ने बातावरण नहुनु, शिक्षकको भुमिका राम्रो नभएको बिषयमा नाटक मार्फत आफ्ना समस्या बिद्यार्थीहरुले प्रस्तुत गरेका थिए ।

तामाङ बिद्यार्थीहरुको समस्या राखेर चेतना दिनेखालको कचहरी नाटकको निर्देशक सुरेश चन्द हुन् । विद्यार्थीहरुले घर, परिवार र विद्यालयमा भोग्नु परेको समस्यालाइ समेटेर नाटक मनचन गरेका थिए ।

बुधबार श्री चेतना माविको चौरमा पानैती नगरपालिकाको मेयर भिम न्यौपानेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पुर्व संसद रामहरी सुबेदी, बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष अमित लामा, छिमेकी बिद्यालयको प्रअ लागयत अभिभावकहरुलाई बिद्यार्थीहरुले बिद्यालयमा भएको समस्या घरमा हुने समस्या र छात्राहरुलाई हुने समस्या नाटक मार्फत प्रस्तुत गरिएको थियो ।

सो कार्यक्रमका प्रमुख अतिथी एवं पनौती नगरपालीकाका मेयर भिम न्यौपानेले ग्रमिण भेगमा आएर आरसिएफ र श्रीकृष्णजिले यहाँको बिद्यार्थीहरुको लागि भुकम्प पछि बिद्यालय बनाइदिएर धेरै राम्रो काम गरेको बताए ।

पूर्व सांसद रामहरी सुवेदीले अबको दिनमा बिद्यार्थीहरुको लागि प्रबिधिमय शिक्षामा अभिभावकहरुले जोड दिएमा शिक्षामा गुणस्तर आउने बताए । यहाँको बिद्यालय निर्माणको समयमा आफ्नो संसदकोषबाट रकम छुटाएर सहयोग गरिएको र बिद्यालय संरक्षण गर्ने जिम्मा सबैको भएको बताए ।

ग्रामीण सामुदायिक सङ्गठन नेपाल आरसिएफका निर्देशक श्रीकृष्ण थापाले घर, विद्यालय र ग्रामिण भेगमा रहेको समस्यालाइ समेटेर नाटक प्रस्तुत गरेपछि, बिद्यार्थीहरुको वास्तविक समस्या यकिन गर्न सकिने भएकाले कचहरी नाटक मनचन गरेको उनले बताए ।

शैक्षिक क्षेत्रमा सुधारका लागि क्रियाशिल ग्रामीण सामुदायिक सङ्गठन नेपाल आरसिएफले भुकम्पले क्षती पुगेको श्री चेनता माबि बनाउनको लागि बेलायतमा रहेको साथीहरुसंग सहकार्य गरेर ४ कोठे पक्की भवन १ कारोड १२ लाख खर्च गरेर बनाएको थापाले बताए ।

विद्यार्थीहरुको शैक्षिक क्षेत्रमा देखिएका समस्याहरुको समधानमा आगामी दिनमा क्रियाशिल भएर काम गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समाजसेबी अमित लामाले बताए ।

Comments

comments

SHARE