-अञ्जली तामाङ

काभ्रे । गत हप्ता जिल्लाको बनेपा–११, धनेश्वर निवासी ३७ वर्षिय ईश्वर थापाको हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक जिल्ला, हेलम्बु गाविस वडा नं. ३ निवासी हाल बनेपा नपा वडा नं. ४ बस्ने वर्ष १८ को लक्ष्मण भन्ने बसन्त खड्का र काभ्रेपलाञ्चोक जिल्ला बनोपा नपा वडा नं. ४ बस्ने २२ वर्षिय राजु सिग्देल रहेका छन् ।

पक्राउ परेका खड्का र सिग्देललाई शुक्रबार (आज) इलाका प्रहरी कार्यालय बनेपाले पत्रकार सम्मेलन गरी सार्वजननिक गरेको हो ।

लौ हेर्नुहोस भिडियोः

इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरिक्षक सुनिल जंग शाहका अनुसार उनीहरुलाई मोरङ जिल्लाको बिराटनगर महानगरपालिका वडानं. ११ बाट पक्राउ गरेका थिए ।

पक्राउ परेका खड्का र सिग्देलले मार्ने हिसाबले कुटपिट नगरीएको बयान दिएको प्रहरी निरिक्षक शाहले पत्रकार सम्मेलनमो जानकारी दिए । बयानको क्रममा अभियुक्त खड्काले आफ्नो आमा माथि सर्धै भौतिक आक्रमण गरिरहेकोले कुटेर विराटनगर भागेर गएको उनको बयानलाई उदृत गर्दै प्रहरीले बताए ।

अभियुक्तहरुलाई शुक्रबार जिल्ला अदालत काभ्रेमा पेश भएकोमा अदालतले ५ दिनको म्याद थप गरी थप अनुसन्धान गर्न आदेश दिएको प्रहरीले बताए ।

हत्याको सत्य तथ्य पत्ता लगाई दोषी माथि कडा कार्बाहीको माग गर्दै मृतका दाजु महेन्द्र थापाले इलाका प्रहरी कार्यालय बनेपामा जाहेरी दरखास्त दिएका थिए ।

 र यो पनि हेर्नुहोस्ः

काभ्रेमा ‘हत्या’ गरि फालिएका एक युवकको शव फेला

Comments

comments

SHARE