-इन्द तामाङ

कुवेत । लालीगुराँस सांगितीक परिवार नेपाल, कुवेतले आगामी जुलाई 6 का दिन ‘कुवेतमा लालीगुराँस सांगितीक धमाका–२०७५’ को आयोजना गरिने भएको छ ।

आफ्नो ८ औं वार्षिकोत्सवको अवसरमा १२ कोशेली स्वरुप धमाकाको आयोजना गरिएको आयोजनकले तेमाल अनलाइनलाई बताएको छ ।

धमाका कार्यक्रममा नेपालबाट कलाकारहरु लोक तथा दोहोरी गायिका बसन्ती थापा, चर्चित लोक तथा आधुनिक गायक अमृत खाती , लोक तथा दोहोरी गायिका उमा श्रेष्ठ लगायतले आफ्नो सांगितीक कोशेली पस्कने आयोजकले जानकारी दिए ।

त्यसैगरि धमाकामा स्थानिय कलाकार लोक पप गायक डिबी लोप्चन, कुवेतको नेपाली समाजका निकै चर्चित हाँस्य कलाकार सोम रसाइली, लोक गायक बि.बि. मल्ल ठकुरीको धमाकेदार प्रस्तुति रहने सँस्थाका अध्यक्ष माधब पौडेलले बताएका छन् ।

‘हाम्रो सँस्कृति हाम्रो परम्परा’ भन्ने मुल नारालाई आत्मसाथ गरि अगाढी बढेको संस्था लालीगुराँसले स्थापनाकाल देखि नै बिभिन्न कार्यक्रम गर्दै आईरहेको छ ।

यसैबीच आयोजकले कुवेतमा क्रियाशील बिभिन्न संघसंस्था समाजसेवी, बुद्धिजिवी, राजनीतिज्ञ, पत्रकार, खेलाडी र कलाकार साथीहरुले उक्त दिन कार्यक्रम नजुधाई दिनहुन र कार्यक्रमलाई सफल पार्न सहयोग गरीदिनुहुन सम्पूर्ण कुवेतवासी नेपालीहरुलाई हार्दिक अनुरोध समेत गरेको छ ।

कार्यक्रम विहान ठीक ११ बजे इन्डियन कम्मुनिटी स्कुल खैतानमा हुने भएको छ ।

Comments

comments

SHARE