नमोबुद्ध । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. ५ मा रहेको कानपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्षमा भिमकुमार मैनाली निर्वाचित भएको छ ।

शनिबार सम्पन्न समितिको तेस्रो साधारणसभाले मैनालीलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

साधारणसभाले उपाध्यक्षमा श्यामप्रसाद मैनाली, सचिवमा रामहरि पौडेल, सह–सचिवमा ङेमासिं तामाङ, कोषाध्यक्षमा भवानी उप्रेती निर्वाचित गरेको छ । साथै निर्वाचित सदस्यहरमा केदार मैनाली, लीला ब. लामा, मञ्जु खरेल, सञ्चमाया तामाङ, उद्धव पौडेल रहेका छन् ।

नवनिर्वाचित कार्यसमितिलाई वडा अध्यक्ष बुद्धसिं लामाले बधाई दिएका थिए ।

Comments

comments