धुलिखेल । शिक्षा विकास तथा समन्वय इकाई, काभ्रेका प्रमुख डिकबहादुर राईले आफ्नो मुख्य प्राथमिकता गुणस्तरीय शिक्षा रहेको बताएका छन् ।

बुधबार कार्यालयमा हाजिर भएका राईले आगामी दिनहरुमा आफ्नो योजनााकोबारेमा तेमाल अनलाईनसँग कुरा गर्दै उक्त कुरा बताएका हुन् ।

राईले आफूहरुको सेवाग्राही भनेको विद्यार्थी भएकोले विद्यार्थीको हितभन्दा बाहिर बसेर केही नगर्ने बताएका छन् । ‘हाम्रो अन्तिम केन्द्रबिन्दु भनेको विद्यार्थी हो ।’ राईले भने, ‘हाम्रो सेवाग्राही भने पनि जे भने पनि विद्यार्थी नै हो । म उनीहरुको हितमै काम गर्छु ।’

अहिले कार्यकारी नगरपालिका र गाउँपालिका नै भएकोले आफ्नो काम विशेष गरी समन्वयत्मक रहेको उनले स्पष्ट पारे । आफूले राम्रोसँग समन्वय गर्ने पनि राईले बताए ।

राईले आफू ‘सिस्टम’मा काम गर्ने भएकोले कसको लागि फाईदा भयो कसकोलागि बेफाईदा भन्ने कुरामा सरोकार नराख्ने बताए । ‘म सिस्टममा काम गर्छु । यसबाट कसैलाई फाइदा होला, कसैलाई बेफाइदा नि होला । म सिस्टममा काम गर्छु ।’ राईले भने ।

आमूल परिवर्तन राजनीतिले मात्र गर्ने भएकोले आफूहरुबाट त्यो आशा राख्न नमिल्ने उनले बताए । ‘हाम्रो ‘टुल्स’ भनेको नीति, नियम र ऐन हो । यसमै टेकेर काम गर्छु ।’ उनले भने, ‘रिडिकल चेन्ज भनेको राजनीतिले मात्र गर्छ । राजनीतिज्ञ र हामीमा फरक छ ।’

आफू मातहतका सबै स्थानीय तहका कर्मचरीहरुको सहयोग र समन्वयमै आफूले कामगर्ने राईले प्रतिबद्धता जााहेर गरे ।
धनकुटामा जन्मेर भक्त पुर स्थित बाल्कोटमा बस्दै आएका राई यसअघि सोलुखुम्बुमा जिल्ला शिक्षा अधिकारी र पछिल्लो चरणमा इकाई प्रमुख भएर काम गरेका थिए । सोलुखुम्बुमा उनले २० महिना काम गरेका थिए ।

लामो समयसम्म पाठ्यक्रम विकास केन्द्रमा काम गरेका राई ‘फास्ट क्लासको सिडियो भएको जिल्लामा उपसचिव स्तरको कर्मचारी प्रमुख हुने प्राब्धन रहेकोले उनी काभ्रेमा आएका हुन् ।

Comments

comments