मानव तस्करमा संलग्न काइली तामाङ र बुद्दि मस्कि / तस्बीर–कृति गोले

इन्दा लामा तामाङ
कुवेत । बैदेशिक रोजगारको शिलसिलामा गैरकानूनी रुपमा कुवेत पुगेका ४ जना महिलाहरुलाई उद्धार गरिएको छ ।
उद्धार गरिएकाहरुमा धरानका चन्द्रकला राई , काभ्रेका रेखा तामाङ , काभ्रेकै रामजना लामा, झापाका मनिता बिक रहेका छन् ।

‘राम्रो काम लगाइ दिन्छु’ भन्दै दलालले उनीहरुलाई भारत हुँदै कुबेत पु¥याइएको थियो ।

दुई महिना अगाडि काभ्रेका काइली तामाङ भनिने उषा तामाङले राम्रो काम दिलाइदिन्छु भन्दै चार जना महिलाहरुलाई घरेलु कामदारको रुपमा कुबेत पु¥याइएको उद्धारको लागि अभियान चलाउने अभियान्त कृति गोलेले तेमाल अनलाइनलाई जानकारी दिएकी छन् ।

घरेलु कामदारको रुपमा पुगेका उनीहरुलाई श्रम शोसन गर्ने, पारिश्रम नदिने तथा आफुहरुले भने जस्तो काम नगरे कुटपिट गर्ने गरेको पिडितले बताएका छन् । साथै आफूहरु प्रति भएको दुरव्यवबहारको बारेमा अरुलाई भने ज्यान मार्ने धम्कि समेत दिने गरेको पिडितहरुको गुनासो छ ।

गोलेका अनुसार काभ्रेका उषा तामाङले नेपालबाट विभिन्न प्रलोभन देखाइ महिलाहरु लैजाने साथै नवलपरासिका बुद्धि मस्किले कुबेतमा सेटिङ मिलाउदै घरेलु कामदारमा लगाउदै घर मालिकसँग पैसा असुल्ने गरेको थाहा भएको छ ।

काम नगरेको नीहुँ गर्दै कुटपिट गर्ने गरेको धरानकी पिडित चन्द्रकला राइले गुनासो पोखिन् । कुटपिट गर्दा कानमा असर परेकोले कान समेत सुन्न छाडेको र एक महिनाको तलाब समेत नदिएको पिडित राइले बताइन् ।

काभ्रेका रेखा तामाङले आफुहरुलाइ घरेलु कामदारको रुपमा काम गराउदै मानसिक तथा शारिरीक तनाब दिदै कुटपिट गर्ने गरेको बताईन् । उनले सामाजिक सन्जाल फेसबुकमा उद्धार गरि नेपाल पठाइ दिन आग्रह गरेको आधारमा छानबिन गर्दा अबैद रुपमा काम गराइएको तथा मानसिक र शारिरिक दबाब दिई राखेको अवस्थामा दुई जनालाइ कुबेत राजदुताबस र दुई जनालाइ अभियान्त कृति गोलेको पहलमा नेपाल पठाउन सफल भएको हो ।

पिडित चार जनालाइ दुई महिना अघि काइली तामाङ भनिने उषाले आफ्नै खर्चमा भारत हुँदै कुबेत पु¥याएको अभियान्त कृति गोलेले बताइन् ।

Comments

comments

SHARE