-विरवीरे पाठक

आफ्नो अन्तरआत्माले अत्यन्त प्रिय ठानेको
भाले बास्नु अगाबै देखी
उनको चन्द्रमुखी अनुहारको दर्शन गर्न
आँगन र बार्दलीबाट प्रतिक्षा गरिएको
दन्त लहर जस्तै हसमुख
सौन्दर्यको खानी ती हिमलहरको सिउँदोमा
आफ्नै आखाँ अगाडि
सुर्यले सिन्दुर हाल्दा
मनमोहक दृश्य हेरेर बस्न बाहेक
के नै गर्न सक्छु र रु बिचरा म ।

आफ्नो घरको बगैचामा आफैले रोपेको
सोह्र सिंगारले कल्कलाउँदो भर्इ
आफ्नो सौन्दर्यता प्रस्फुटन गरेकी ती फुलका थुँगालाई
कहाँ कहाँबाट टुप्लुक्क झुल्किएको भमराले
थाहै नपाई उनको यौवनलाई चुम्बन गर्दा
टुलुटुलु हेर्न बाहेक के नै गर्न सक्छु ररु बिचरा म ।

लक्ष्मीको प्रसादमा आफ्नो मात्र हक भएको भनि
समाज नै बिर्सिएका उन्मात कुवेरहरुलाई देख्दा
अगेनोमा ढुङ्ग्री फुक्ने अवस्था नहुँदा समेत पनि
निस्वार्थ‚ ती कुवेरहरुको सेवा गर्न बाध्य
ती निश्चल सुधामाहरुलाई देख्दा
विधिको बिडम्बना भन्न बाहेक
के नै गर्न सक्छु र रु बिचरा म ।

अत्यन्त कष्ट र मायाका साथ जीवन मार्ग
देखाएका ती आमा बुबालाई‚
जीवन संगी पाउंदा साथ
आफ्नो मानसपटलबाट हटाईदिने
ती छोराछोरीलाई देख्दा
एकदिन तिम्रो नि पालो आउँछ है भन्न बाहेक
के नै गर्न सक्छु र रु बिचरा म ।

छोरीलाई उनको जीवन संगीले
सधै जहाँ जाँदा आफुसंगै लगोस भन्ने‚
बुहारीलाई छोराले मिठो बोल्दा समेत
जोई टिङ्ग्रे भन्ने पगरी वाँधिदिने
हाम्रो यो अनौठो सामाजिक परिवेशलाई देख्दा
तिम्री बुहारी नी कसैकी छोरी हुन है भन्न बाहेक
के नै गर्न सक्छु र रु बिचरा म ।।

 

Comments

comments

SHARE