काभ्रे । जिल्लाको राशी गाउँपालिकामा रहेको क्रसर उद्योगहरुले गुण्डा पालेको स्थानीयबासीहरुले गनासो गरेका छन् ।

शनिबार मंगलटार इलाका प्रहरी कार्यालयका नयाँ प्रमुखले आयोजना गरेको परिचयात्मक कार्यक्रममा स्थानीयहरुले यसरी गुनासो गरेका हुन् ।

कार्यक्रममा स्थानीय मानरोवर श्रेष्ठले नयाँ प्रहरी निरिक्षक तथा इलाका प्रहरी कार्यालय प्रमुख सुशिल केसीलाई गुन्डाहरुका विवरण संकलन गरेर कार्वाही गर्न अनुरोध गरे ।

सबैभन्दा बढी गन्डा राजभक्तसँग

सबैभन्दा बढी गुन्डा पाल्ने क्रसर उद्योगी राजभक्त श्रेष्ठ रहेको उनले आरोप लगाए । ‘सबैभन्दा बढी राजभक्ताले गुन्डा पालेका छ ।’ उनले भने, ‘विना काम उनले धेरैजनालाई पैसा ख्वाएर राखेको छ ।’ विना काम पारिश्रम दिएर राखेका गुन्डाहरुलाई क्रसरबाट निकाल्नुपर्नेमा उनले जोठ दिए ।

 

स्थानीय श्रेष्ठले क्रसर उद्योगहरुले राम्रो तरिकाले पैसा नकमाएको उल्लेख गर्दै प्राकृतिक साधनस्रोतको दोहन रोक्न गाउँपालिका र प्रहरी प्रशासनलाई अनुरोध समेत गरे ।

क्रसर रोक्दा डनले मिलाउँछ

श्रेष्ठले क्रसर उद्योगको विरुद्ध स्थानीय जनताले विरोध गरे डनले मिलाउने गरेको स्पष्ट पारे । गाउँपालिका अध्यक्ष डिबी लामाले गन्डागर्दी भएको थाहा नभएको बताएपछि श्रेष्ठले उदाहरण दिंदै भने, ‘अनिल थापा जस्ताले धेरै पटक कुटाई खानुप¥यो । के यो गुन्डागर्दी होइन ?’

गुन्डा पालेको कुरा क्रसर व्यवसायीहरुलाई नै थाहा भएकोले उनीहरुसँगै अन्तक्र्रिया गर्न उनले सुझाए ।

लिखित उजुरी गर्नुहोस् कार्वाही गर्छुः गापा अध्यक्ष लामा

क्रसर उद्योगहरुले गन्डा पालको गुनासो आएपछि गाउँपालिका अध्यक्ष दलबहादुर मोक्तान (डिवी लामा)ले लिखित उजुरी गर्न अनुरोध गरे ।

गापा अध्यक्ष मोक्तानको भनाई यस्तो छः

विगतमा गापाले गरेका सार्वजनिक सुनुवाईमा पनि क्रसर उद्योगका कारण गुन्डागर्दी मौलाएको जनगुनासो आएपनि लिखित रुपमा उजुरी नआएपछि कार्वाही प्रक्रियामा जान आप्ठयारो भएको मोक्तानले बताए । ‘तपाईं मुखले मात्र भनेर हुन्छ ? लिखित ल्याउनुहोस् म तुरन्तै कार्वाही गर्छु ।’ अध्यक्ष मोक्तानले भने, ‘ एक्सन प्लानमा जादा त लिखित चाहियो नि । जनताको पक्षमा डटेर लाग्छु ।’

क्रसर व्यवसायीहरु र मिडिया पर्सनसँग बसेर उद्योगबाट कस–कसलाई असर परेको छ छलफल गर्ने उनले बताए ।
रोशीका क्रसरहरु अवैधानिक कसरी ?

रोशी क्षेत्रमा रहेको क्रसरहरु बैधानिक नै रहेको अध्यक्ष मोक्तानले स्पष्ट पारे । ‘क्रसर उद्योगहरु अवैधानिक छैनन् किनकी राज्यले मज्जाले कर लिएको छ । विधिसम्वत दर्ता भएकोक छ ।’ उनले भने, ‘म कसरी अवैधानिक भन्ने क्रसरलाई ?’

रोशीमा अहिले थारो पनि लुट्छ दुहुनो पनि

कार्यक्रममा गाउँपालिका अध्यक्ष मोक्तानले रोशीमा मौलाएको गुन्डागर्दीको चर्चा समेत गरे । अहिले रोशीमा जसलाई पनि लुट्ने गरेको खुलासा गरे ।

‘पहिला–पहिला थारो कि दुहुनो सोध्दा दुहुनो भनेर लूटपाट मच्चाउथे ।’ अध्यक्ष मोक्तानले भने, ‘तर अहिले त थारो र दुहुनो दुवैलाई लुट्छ ।’

तेमाल गापा अध्यक्षले यसो भनेः

तेमाल गाउँपालिका अध्यक्ष सलाम सिं तामाङले तेमाल क्षेत्रमा फलेको बुद्धचित्त माला बजारसम्म पु¥याउन किसानहरुलाई समस्या परेकोले सहज वातावरण बनाउन नयाँ कार्यालय प्रमुख केसीसँग अनुरोध गरे ।

तेमाल गाउँपालिकाले बुद्धचित्त मालाको व्यापारलाई करको दायरामा ल्याउन प्रति किलो १० रुपैयाँका दरले कर लिएको जानकारी गराउँदै प्रमाणको आधारमा ओसार पसार गर्न सजिलो बनाउन अनुरोध गरे ।

तेमाल क्षेत्रबाट निर्यात गर्ने क्रममा प्रहरीले दिएको अनाबश्यक क्रियाकलाप रोक्नुपनेृ समेत उनले बताए ।

 

जनताको गुनासो यस्तो छ:

परिचयात्मक कार्यक्रममा स्थानीयहरुले विभिन्न समस्याकोबारेमा प्रहरी निरिक्षक केसीलाई जानकारी दिए ।
उनीहरुले गाडी भाडामा भएको अनियमितता रोक्नु पर्ने बताए । ‘हामी भकुण्डेसम्मा जाँदा नि भाडा त्यति नै, बनेपा जाँदा पनि भाडा त्यति नै ।’ स्थानीयले भने, ‘यतिसम्म कि काठमाडौंको भाडा पनि त्यति नै ।’

स्थानीयले बिभेदरहित सेवा प्रदान गर्न, गाडीको गति नियन्त्रण गर्न लगायतका गुनासो सुनाए ।

गुन्डागर्दी रोक्छुः केसी

मंगलटार इलाका प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी निरिक्षक सुशिल केसीले गुन्डागर्दी रोक्ने प्रतिबद्धता व्यक्त गरे । ‘माथिल्लो निकायसँग समन्वय गरि गुन्डागर्दी रोक्छु ।’ केसीले स्थानीयलाई विस्वस्त पार्दै भने, ‘गुन्डागर्दीको नेटवर्क माथिसम्म छ । तर तपाईहरु सबैको सहयोग चाहिन्छ ।’ फोहोर व्यवस्थापन गर्न र जनचेतना जगाउन आफू लागिपर्ने केसलिे बताए ।

अपराधको ‘कज’ अनाबश्यक ‘ग्यादरीङ’ भएकोले बजारमा रहेका होटलहरु समयमै बन्दा गर्न व्यवसायीहरुसँग केसीले अनुरोध गरे ।

मंगलटार इलाका प्रहरी कार्यालयका प्रमुख केसी यस खघि काठमाडौं स्थित स्वयम्भू प्रहर िबृत्तमा कार्यरत थिए ।
कार्यक्रममा तेमाल गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ७ का अध्यक्ष ज्ञानबहादुर मोक्तान, वडा नं. ८ का अध्यक्ष लक्ष्मीबहादुर घिसिङ, ९ नं. वडा अध्यक्ष चन्द्रबहादुर लामाले समाजमा शान्ति सुरक्षा, अमानचयन कायम गर्न प्रहरीलाई गर्नुपर्ने सहयोग विगतदेखि गर्दै आएकोले आगामी दिनमा समेत गर्ने बताएका थिए ।

Comments

comments

SHARE