लामो समयदेखी प्रवासलाइ नै आफ्नो कर्मथलो बनाउदै आएका लोक तथा दोहोरी गायक अनिल चन्द ‘घायल’ यतिखेर चर्चाको शिखरमा छन् । नेपाली सांगितक आकाशमा एउटा चम्किलो तारा बन्दै गरेको अनिल संगीतप्रेमीहरुको आँखाको नानी नै बनेका छन् ।

२०४७ सालमा आमा धन र बुबा पर्बतको कोखबाट पाखा–५, कालिकोटमा जन्मेका उनी देश र परपदेशमा निक्के नै चर्चित कलाकार हुन् ।

सबैसँग मिलनसार अनिल सानै उमेरदेखी गित सङ्गित भनेपछी हुरुक्क हुन्थे। गाउँमा गाई गोठालो मेलापात जाँदाजाँदै मुरली र मादल बजाउन सिकेका उनको गाउँघर छरछिमेकमा सबैले हौसला बढाउने गर्ने गर्दथे।

गाउँको बिहे बटुलोम, रत्यौली, पुजापाठ या मेलाहरुमा नाच गान भनेपछी जतापनी पुग्ने अनिललाई वारिपरि गाउँमा पनि सबैले मन पराउथे, सबैले प्रिय मान्थे। गित संगीतको नशा बोकेका अनिल जब राजधानी पसे उनले गायन र वाद्यवादनको कक्षा पनि लिए।

निरन्तरको अभ्यस पछि खारिएका अनिल देशमा नै बसेर केही गर्न चाहन्थे तर सामान्य परिवारमा जन्मी हुर्केका उनलार्इ आफुले सोचेजस्तो अबसर मिलेन।

खल्तीमा राहदानी बोकेर सपनाहरू बुन्दै देश छाडेका लाखौ युवाहरूको भिडमा बाहिरिनेहरुको नाममा एउटा नाम अनिल चन्द्र ‘घायल’ को पनि लेखियो र उनी परदेसिए।

अर्काको देश, कम्पनिको काम समय अनुकुल नहुँदा नहुँदै पनि साङ्गितिक यात्रालार्इ जारी राखेका अनिल तेतिखेर चिनिए जब उनले पहिलो लोक दोहोरी गीति एल्बम ‘चोखो पिरती’ बजारमा ल्याए। मर्म स्पर्सी लय÷शब्दमा रचिएको उक्त गीतले अनिललाई सामान्य अनिलबाट गायक मात्र बनाएन धेरै दर्शक श्रोता शुभ चिन्तकहरुको माया र सहयोगि हातहरु पनि दियो।

वैदेशिक रोजगारी कै शिलशिलामा विभिन्न स्टेज कार्यक्रमहरुमा सहभागी हुने उनको लोकप्रीयता दिनानुदिन बढिरहेको छ। शब्द सिर्जना र लय संकलन गर्न माहिर अनिल कुशल सर्जक पनि हुन। गायक देखि सर्जक र सर्जकबाट मोडलिङ्गमा पनि पाइला टेकेका अनिलले आधा दर्जन म्युजिक भिडियोमा अभिनय समेत गर्न भ्याएका छन।

केही म्युजिक भिडियोहरु बजारमा आइसकेको र केही छिट्टै आउने तयरिमा रहेको उनले बताए ।

Comments

comments

SHARE