रामबहादुर तामाङ, साउदी अरब प्रतिनिधि
साउदी अरब । गन्तव्य स्पोर्टीङ क्लबको आयोजनामा साउदी अरबमा हुन लागेको ए डिभिजिन स्तरीय खुल्ला नक आउट फूटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

प्रतियोगिता इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमदान इदको उपलक्ष्यमा पारेर गन्तव्य स्पोर्टिङ क्लब ओनैजा साउदी अरबको आयोजनामा हुन लागेको हो ।

प्रतियोगितामा रियाद, अल खर्ज, अल रमा दमाम रोड, अल रास, बुरैदा लगाएत प्रतियोगिता आयोजना गरिएको स्थान ओनैजा गरि अहिलेसम्म १२ टिमहरुले नाम दर्ता गराएका छन् । अल अरबी सर्कल ओनैजाको ग्राउन्डमा उक्त प्रतियोगिता हुने आयोजकले तेमाल अनलाईनलाई बताइएको छ ।

गन्तव्य स्पोर्टिङ क्लब साउदी अरेबियाको आयोजनामा हुनलागको यस प्रतियोगिताको मुख्य प्रयोजक भने नेपाल इन्भेस्टमेन्ट बैंक, पृथ्वी रेमिट साउदी अरब, इस्लामिक सेन्टर ओनैजा तथा होटेल गोर्खा रहेको छ । उक्त प्रतियोगिता २ दिन सम्म जारी रहने छ ।

प्रतियोगितामा प्रथम र द्वितिय हुनेलाई क्रमश ३००० र १५०० रियल पुरस्कारको व्यवस्था समेत गरेका छ । साथै ट्रफि र प्रमाणपत्र प्रदान गरिने छ । साथमा मेन ओफ द म्याच, बेस्ट किपरलाई पनि मेडल प्रदान गरिने छ ।

उक्त प्रतियोगितामा एन ए मिडिया, नुवाकोट टाइम्स, तेमल अन्लाईन, सैलुङ, पिटि न्यूज, लाल इन्टरटेमेन्ट लगायतका मिडियाका प्रत्रकारहरूको उपस्थिति रहने छ । प्रतियोगितामा उपस्थित हुने प्रत्रकारहरुलाई सम्मान स्वरुप कदर प्रत्र प्रदान गरिने प्रतियोगिताका आयोजक प्रतिनिधि यादब घिमिरेले जानाकरी जानकारी दिएका छन् ।

Comments

comments

SHARE