काभ्रे । जिल्लाको पाँचखाल नगरपालिका वडा नं. २ स्थित रातो पैरेमा इनारमा डुबेर बाबु–छोराको मृत्यु भएका छन् भने एकजना घाईते भएका छन् ।

सोमबार खानेपानीको ईनार सफा गर्ने क्रममा दिउसो चार बजेको समयमा ५० वर्षका रामबहादुर तामाङ र उनको छोरा २६ वर्षका सानु बहादुर तामाङको इनारमा डुबेर मृत्यु भएको पाँचखाल नपा–२ का अध्यक्ष हरि खतिवडाले जानकारी दिएका छन् ।

ईनार सफा गर्न सानु बहादुर तामाङ इनारमा पसेका थिए । छोरा निक्कैबेर भएपनि बाहिर ननिस्केपछि उनको बुबा रामबहादुर तामाङ ईनारमा पसेका थिए ।

बाबुछोरा दुवैजना बाहिर ननिस्केटपछि उनी घेरै समयसम्म बाहिर ननिस्के पछि स्थानीय पेमा दोर्जे तामाङका छोरा टुल्कु तामाङ निजहरुलाई बचाउन जाँदा उनी पनि त्यहाँ फसेका थिए । वडा अध्यक्ष खतिवडाका अनुसार गाउँमा हल्ला भएपछि स्थानीयहरु गएर तीनैजनालाई बाहिर निकालेका थिए ।

बाबुछोराको घट्नास्थलमै मृत्यु भएपनि टुल्कु भने घाईते मात्र भएको थियो । तीनै जनालाई धुलिखेल अस्पतालमा ल्याएपछि बाबुछोरालाई अस्पतालले मृत घोषणा गरेको वडा अध्यक्ष खतिवडाले तेमाल अनलाईनलाई जानकारी दिए ।
टुल्कु भने उपचारको क्रममा छन् । उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको खतिवडाले जानकारी दिए ।

Comments

comments

SHARE