काभ्रे । जिल्लाको पनौति नगरपालिका वडा नं. ७ मा रहेको श्री पुण्य माविको पुनर्निर्माण भइरहेको भवनको सोमबार (आज) ट्रान्सपरेन्सी इन्टरनेशनल, नेपालले अनुगमन गरेको छ ।

भूकम्प पछिको निर्माणमा सदाचार, विद्यालय छलफल तथा अनुगमन कार्यक्रम अन्तर्गत ट्रान्सपरेन्सीले उक्त विद्यालयको अनुगमन गरेको हो ।

उक्त विद्यालय भवनको पुननिर्माण जिल्ला आयोजना कार्यन्वयन इकाई काभ्रेले आर्थिक सहयोग गरेको थियो ।
अनुगमन टोलीमा इकाईका प्रतिनिधि श्रीया झा, ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका जिल्ला अधिकृत गंगा लामा, इन्सेक प्रतिनिधि भोजराज तिमल्सिना, सामुदायिक सारथीका प्रतिनिधि भेषराज दनुवार, जागरण नेपालका भलमान कर्माचार्य लगायत रहेका थिए ।

भुकम्पले क्षेतिग्रस्त भएको उक्त विद्यालयको भवन पुननिर्माणको लागि ६२ लाख २६ हजार १ सय ९१ रुपैयाँ रकम बजेट विनियोन गरेको विद्यालयका प्रधानाध्यापक रमेशचन्द्र कर्माचार्यले कार्यक्रममा जानकारी दिए ।

कर्माचार्यले विद्यालय भवन निर्माणमा गुणस्तरीय सामानको प्रयोग भएको, भवन निर्माण राम्रोसँग भइरहेको जानकारी दिए । पुननिर्माण भइरहेको उक्त भवन ८ कोठाको रहेको छ ।

Comments

comments

SHARE