सुसन सापकोटा
चौरीदेउरालि । ‘दिगो विकासको मुख्य आधार स्वच्छ खानेपानी र सरसफाइ युक्त बानी व्यबहार’ भन्ने मूल नाराका साथ राष्ट्रिय सरसफाइ सप्ताह भव्य रुपमा सम्पन्न भएको छ ।

सप्ताहको अन्तिम दिन चौरीदेउरालि गाउँपालिका वडा नं. ५ स्थित श्री जागृती मा वि तथा प्राविधिक शिक्षालयमा विविध कार्य गरि मनाइएको हो ।

एकीकृत शहरी विकास केन्द्र चौरीदेउरालि कार्यालयको आयोजनामा भएको कार्यक्रममा वडा सदस्य बाबुराम चौलागाईंको आतिथ्यमा विद्यालयका प्रधानाध्यापक, शिक्षक, वि.व्य.स. सदस्य अभिभावक विद्यार्थी तथा प्राविधिक तर्फ कृषि बालिविज्ञानका विद्यार्थी तथा आयोजक एकीकृत शहरी विकास केन्द्रका कर्मचारीहरुको उपस्थिति रहेका थिए ।

कार्यक्रम हुनुअघि सचेतनामुलक ¥याली, विद्यालय हाता र वडा कार्यालय हाता तथा नजिकैको पानीको मुहान सरसफाइ गरिएको थियो ।

कार्यारममा एकीकृत शहरी विकास केन्द्र चौरीदेउरालिका कार्यालय संयोजक शिव लामिछानेले विद्यालयलाइ ५ वटा डस्टविन तथा वृक्षरोपणका लागि सँस्थाको तर्फबाट बोट बिरुवा हस्तान्तरण गरेका थिए ।

त्यस क्षेत्रमा वाटर एड नेपालको आर्थिक सहयोग तथा चौरीदेउराली गाउँपालिकाको समन्वयमा समुदाय स्तरमा दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता परियोजना संचालन गरिरहेको छ । सस्थाले एकतिस महिनाको अवधिमा चौरीदेउराली गाउँपालिकामा करिब १५सय घरमा घरायसी स्तरमा मिटर सहित धारा जडान गर्ने लगायतका कार्यक्रम संचालन गर्ने बुझिएको छ ।

Comments

comments