-इन्दा योञ्जन तामाङ
कुवेत ।  अन्तर्राष्ट्रिय कलाकार मञ्च, कुवेतको दोस्रो अधिवेशन तथा साँस्कृतिक कार्यक्रमको तयारी पूरा भएको छ ।
तेमाल अनलाईनसँगको कुराकानीमा मञ्चका महासचिव राजन सुवेदीले कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको कुरा बताएका हुन् ।

जून महिनाको २९ तारिखका दिन हुने उक्त कार्यक्रममा विभिन्न तरिकाले कुवेत पुगेका नेपाली कलाकारहरुको अलाबा अन्य नेपालीहरुको उपस्थिति रहने महासचिव सुवेदीले बताए ।

कार्यक्रम सफल बनाउन विभिन्न संघसंस्थाका पदाधिकारी, बुद्धिजीबी, खेलाडी, पत्रकार, कलाकार लगाएत सबैलाई उपस्थितिको लागि आयोजकले अनुरोध समेत गरेको छ ।

यस्तो छ कार्यक्रम तालिका
मितिः जुन २९ शुक्रबार २०१८
समयः दिउँसो १२:३० बजे
स्थानः पपिन्स हल जिलिब, कुवेत

Comments

comments

SHARE