दुध लोप्चन

काभ्रे । पब्लिक च्वाईस अवार्ड प्राप्त तामाङ भाषाको छोटो फिल्म ‘नालिस’ युट्यूबमार्फत सर्बजनिक गरिएको छ ।

अन्तर्राट्रिय आदिवासी जनजाति चलचित्र माहोत्सब–२०७० मा पब्लिक च्वाईस अवार्ड प्राप्त तामाङ भाषाको छोटो फिल्म ‘नालिस’ लाप्साङ कर्पो युट्युब च्यानलमार्फत मंगलबार सर्बजनिक गरिएको हो ।

तामाङ फिल्म संघको प्रस्तुतीमा जेनिस लामा दोङको निर्माण, दिपेन्द्र दोङ तामाङको कथामा दुबैको निर्देशनमा फिल्म बनेको हो ।

यो फिल्मको तामाङ भाषा, कला, संस्कार संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्ने उद्धेश्यले निमार्ण गरेको तामाङ चलचित्र संघको अध्यक्ष जेनिस लामाले तेमाल अनलाईनलाई बताए । अगामी दिनहरुमा सशक्त भएर लागि पर्ने समेत अध्यक्ष लामाले बताए ।

यो फिल्ममा चँदनी मोक्तान, गणेश लामा, किशा थोकर, बिमला जिम्बा, निसा ग्लान, जङ्गे लोप्चन, सागर घिसिङ, अणु दोङ, जयन कुमार मोक्तान, मिम दोङ तामाङ, बिष्णु दोङ, दोर्जे ल्होको अभिनय देख्न सकिन्छ ।

यो फिल्मको सम्पादन सञ्जय लामा बल र युवराज राईको छयाङ्कन गरेको हो ।

लौ हेर्नुहोस् चलचित्र नालिसः

 

Comments

comments