काठमाडौं । इतिहासमै पहिलो पटक ‘सेलो नाटक महोत्सव–२०७५’ आगामी असार २, ३ र ४ गते हुनेभएको छ ।

सेलो फाउन्डेसन र नेपाल संगीत नाटक प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा शिल्पी थिएटर बत्तीसपुतलीमा महोत्सव हुने मंगलबाट पत्रकार सम्मेलन गरी आयोजकले जानकारी गाराएको छ ।

तामाङ समुदायको सस्कृतिमा आधारित आधुनिक, लोक र काव्य नाटक गरी ५ वटा नाटक महोत्सवमा प्रदर्शन हुने आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराए ।

असार २ गते दिनको १ बजे महोत्सवको उद्‍घाटन हुने र ४ गते समापन हुने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

पत्रकार सम्मेलनमा नेपाल संगीत नाटक प्रज्ञा प्रतिष्ठानका अध्यक्ष पुष्कर गुरुङले तामाङ मौलिक एवं जातिय नाट्‍य संस्कृतिको विकास गर्ने र रंगकर्मी र कलापारखीहरु माझ भिन्‍न भिन्‍नै समुदायको सांस्कृतिक र रंगमन्च ज्ञान आदानप्रदान गर्ने उदेश्यका साथ यो सेलो महोत्सवको आयोजना गरेको बताए ।

‘तामाङ रंगमंन्‍चका संभावना खोतल्दै तिनलाई दिशावोध गराई गतिशिलता प्रदान गर्न, लोक नाटकका माध्यमद्वरा विभिन्‍न भाषा–भाषि, जात, जाति, धर्मालम्बीहरुका विचमा एकता, सहिष्णुताको विकास गर्नलाई रंगमंन्चको माध्यमद्वारा तामाङ संस्कृतिको पहिचानलाई उठान गर्नको लागि यो महोत्सवले आयोजना गरेका हौं ।’ गुरुङले भने ।

महोत्सवको पहिलो दिन संस्कृतविद्‍ तथा भाषाविद्‍ अमृत योञ्‍जनले लेखेको ‘चारधाम’ नाटक प्रदर्शन हुने छ । यो नाटकलाई निशा पाख्रिन र सन्तोष तामाङले निर्देशन गरेका छन् । दोस्रो , तेस्रो दिन क्रमश लेखक तथा पत्रकार फूलमान बलको लेखनमा रहेको ‘सोनाम ग्याल्मो’ सोनाम लामा मोक्तानको निर्देशनमा सेलो थिएटरका कलाकारहरुले नै प्रस्तुति दिने छन्‌ भने रोशन फ्युवाको निर्देशन रहेको लोकनाटकमा आधारित नाटक ‘लालिमो’ र गोपाल फ्युवाको निर्देशन रहेको ‘ताचेमा’ लोकनाटक प्रदर्शन हुनेछन्‌ ।

यसै गरि बसन्‍त चौधरीको कविता संग्रहबाट तामाङ भाषामा अनुवाद गरिएको कवितालाई नाटकमा उतारेर मन्चन हुने बताएका छन् । ‘ङाला फ्रेङबा धोङ्ला टा’ शिर्षक रहेको यो नाटकलाई शान्ति वाइवाले निर्देशन गरेकीछिन् ।

रसुवा, धादिङ र नुवाकोटमा प्रचलित लोकनाटक ‘लालिमो’ अन्य जिल्लाको तामाङ समुदाय र अन्य समुदायलाई नाटकको माध्यमबाट बुझाउन खोजेको लेखक तथा निर्देशक रोशन फ्युवाले बताए ।

पौराणिक कालमा रसुवा, धादिङ र नुवाकोटबाट तिब्बतमा नुन लिन जाँदा भएको युद्दको बेलामा मृत्यु भएकाहरुको सम्झनामा मृतकका परिवारलाई चित्त बुझाउन र मृत आत्मको शान्तिको बारेमा देखाईने नाटकको आधारमा तयार परेको ‘लालिमो’ एक पटक सबैले हेर्नु पर्ने निर्देशक फ्युवाले बताए ।

लेखक तथा पत्रकार फूलमान बलको लेखनमा तयार पारेको ू ‘सोनाम ग्याल्मो’ तामाङ समुदायको एक घोले थरको बोन्वोको कथामा आधारित नाटक हो । पौराणिक मान्यता अनुसार तामाङ समुदायको घोले थर भएको तामाङहरु गोसाई कुण्ड जान हुदैन भन्‍ने किम्बदन्त रहेको छ । त्यसैमा आधरित नाटकमा सोनाम लामा मोक्तानको निर्देशन र चर्चित नायीका चाँदनी मोक्तान, गायकद्वय सुसन लामा र फूलकुमार बोम्जन आदि कलाकारहरुको अभिनय रहेको छ ।

Comments

comments

SHARE