काभ्रे । तोकिएको समयमा काम नगर्ने ठेकेदारलाई काभ्रे प्रहरीले पक्राउ गर्न शुरु गरेको छ ।

जिल्ला वन कार्यालय अन्तर्गत इलाका वन कार्यालय चौवासको नयाँ भवन बनाउने टेण्डर पाएको अग्रीम निर्माण सेवा कम्पनीको प्रोपाइटर लालप्रसाद चौलागाइलाई बुधवार प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक रविराज थपलियाले बताए ।

२०७३ बैशाख देखि काम सुरु गरिएको २०७४ बैशाखमा सम्पन्न गर्नु पर्ने काम ढिला सुस्ती गरेको कारण थप अनुसन्धनको लागि पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख रबिराज खडकाले बताए ।

४३ लाख रुपैयामा टेण्डर भएको उक्त भवन निर्माण गर्नु पर्नेमा समयमै हुन नसकेको जिल्ला वन कार्यलय प्रमुख पे्रम खनालले बताए । धेरै पटक निर्माण ब्यवसायीसँग सम्पर्क गर्दा सम्पर्कमा नआएर काम ढिला सुस्ती भएको खनालले बताए ।

 

Comments

comments

SHARE