शिशिर दोङ
तेमाल । एेतिहासिक एव पर्यटकीय थलो तेमालमा गाउँपालिका सहयोगमा दुई दिने होम स्टे तालिम आज (बुधबार) देखि सुरू भएको छ ।

पिछडिएका समुदायको व्यक्तिहरुको लागि यो तालिम प्रदान गरेको हो । तेमाल गाउँपालिका आर्थिक सहयोगमा वाड नं २ मा रहेको तिमाल जनजागरण बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा भएको सो तालिम भोलि सम्म संचालन हुने संस्थाले जनाएको छ ।

तालिममा वाड न २ मा रहेका पिछडिएका समुदायका व्यक्तिहरुको सहभागी रहेको छ । तालिमको सहजीकरण ढुंखर्क होमस्टेका प्रबन्धक किरण बस्नेत र माउन टेन महाभारत होमस्टेका प्रबन्धक कमल नेपालले गरेका छन् । पर्यटनको संम्भावना बोकेको तेमाल हालसम्म राज्यको नजरबाट ओझेल नै परेको छ।

अब स्थानीय सरकार सक्रिय भएपछि राज्यको पर्यटकीय दृष्टिले पहिलो नजरमा तेमाल गाउँपालिका पर्ने आशा स्थानीयले गरेका छन् । यो सानो तालिमले थोरै लगानीले पनि होम स्टे संचालन सुरु गर्न थप उर्जा मिल्ने संस्थाका अध्यक्ष चन्द्र सिंह तामाङले बताए । होमस्टेमा विशेष गरी स्थानीय सँस्कार सँस्कृति, भेष भुषा नै प्रमुख पक्ष हो ।

Comments

comments

SHARE