-इन्दा योञ्जन तामाङ
कुवेत । बैदेशिक रोजगारको शिलसिलामा कुवेत पुगेर मृत्यु भएको तीन नेपालीहरुको शव आज (बुधबार) नेपाल ल्याई अन्त्यष्टि गरेको छ ।

शव दुई हप्तादेखि कुवेतमा विभिन्न कारणले रोकिएको थियो । कुवेतका सामाजिक अभियान्ता तथा लुम्बिनी समाज

नेपाल कुवेतका अध्यक्ष रुपेन हमालको अग्रसरतामा ती शबहरु नेपाल पठाईएको हो ।  जेष्ठ २८ गते र आज (बुधबार) गरि ३ शव नेपाल पठाइएको थियो ।

नुवाकोट ककनी–७, चतुरालीका सुशील आचार्य, दरबार गाउँपालिका वडा नं. २ घर भै हाल रुपन्देही बकुलघाट बसोबास गर्दै आएका हुम बहादुर रासकोटी, र मरिण गाउँपालिका वडा नं. ४ कुण्डुले सिन्धुली घर भएका राम बहादुर स्याङ्ताङको शव नेपाल आईपुगेको छ ।

शव नेपाल पठाउन प्रती ब्यक्ति ३ सय ५० केडी अर्थात नेपाली एक लाख पच्चीस हजार लाग्ने र मृतकहरु अबैधानिक भै काम गर्दै आएको हुनाले दूतावास मार्फत पनि उक्त शव नेपाल पठाउन समस्या आएको समाचार तेमाल अनलाईनमा प्रकाशन भएको थियो ।

समस्या आएपछि समाजसेवी हमालले उक्त शबको जिम्मा लिइ नेपाल पठाउन पहल गरेका थिए । मृतकको घर पत्ता लगाएर हमालले नेपाली राजदुताबाससँगको सहकार्यमा नेपाल पठाएका थिए ।

उक्त अभियानमा लुम्बिनी समाज लगायत कुवेतका संघ–सस्था साथै विभिन्न व्यक्तिले समेत सहयोग गरेका थिए । एक हप्ताको छोटो अवधिमा पनि १ हजार ५० केडी रकम संकलन गर्न सफल भएकोमा सहयोगी दाताहरुलाई हमालले धन्यवाद ज्ञापन गरेका छन् ।

Comments

comments

SHARE