काभ्रे । प्रदेशको नामंकान, भाषा र राजधानीको विषयलाई लिएर गठन भएको नेवा–ताम्सालिङ समन्वय समिति काभ्रे जिल्लामा पनि गठन भएको छ ।

बुधबार आदिवासी जनजाति महासंघ काभ्रेको भवनमा बसेको विभिन्न जातिय संस्थाहरुको प्रतिनिधि मुलक भेलाले समिति गठन गरेको हो ।

समितिमा नेपाल तामाङ घेदुङ काभ्रेको अध्यक्ष फुर्साङ मोक्तान र नेवा देय दबू काभ्रेका अध्यक्ष विश्वनाथ टमोट संयोजक रहेका छन् ।

सदस्यहरुमा नेपाल लोकतान्त्रिक तामाङ संघ काभ्रेका अध्यक्ष रामबहादुर लामा, तामाङ राष्ट्रिय मुक्ति मोर्चा, नेपाल काभ्रेका अध्यक्ष कुवेर दोङ, नेवा राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष तुल्सी श्रेष्ठ, नेपाल तामाङ संघका अध्यक्ष रिमबहादुर तामाङ, संघीय समाजवादी नेवा संघका अध्यक्ष सिद्धिबहादुर कर्माचार्य लगायत रहेका छन् ।

भेलामा नेवा–ताम्सालिङ समन्वय समितिका सल्लाहकार कुमार योञ्जनले समिति गठनको आवश्यकता, औचित्य र भावि कार्यक्रमकोबारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा नेपाल तामाङ घेदुङको केन्द्रिय अध्यक्ष मोहन गोले, नेवा देय दबूका महासचिव माईला बाबु द्योला, घेदुङको सचिव रामकृष्ण तामाङ, सह–कोषाध्यक्ष मिना पाख्रिन, घेदुङका केन्द्रिय सदस्य ग्याम्जो थोकर तामाङ लगायतका उपस्थिति रहेका थिए ।

नेवा–ताम्सालिङ समन्वय समितिले प्रदेशको तीनको नमांकन नेवा–ताम्सालिङ हुनुपर्ने, यहाँको सरकारी कामकाजको भाषा नेवार र तामाङ हुनुपर्ने र प्रदेशको राजधानी काभ्रेमा हुनुपर्ने लगायतका माग राखेर आन्दोलनको घोषणा गरेको छ ।

Comments

comments

SHARE