बौद्ध। दुबाइलाई आफ्नो कर्मथलो बनएर बसेका गायक सन्जय लामाको नयाँ गीत ‘हेलम्बु गाउँ’ एक कार्यक्रमकाबीच शनिबार बौद्धमा सार्वजनिक गरिएको छ ।

जर्सिङ पावामा छायन्कन गरिएको यस भिडियोमा अहिलेका निकै चर्चित युवा जोडी अनिता गोले र अभी लामाको दमदार अभिनय र आकर्षक नृत्य हेर्न सकिनेछ । यस अघी यो जोडिले थुप्रै म्युजिक भिडियो र चलचित्रमा आफ्नो कलात्मक अभिनय देखाइ सकेका छन भने नायिका अनिता गोलेले शेर्पा चलचित्र ‘कुसुम’ बाट उत्कृष्ट नयिकाको उपाधि समेत जितिसकेकी छिन ।

सार्वजनिक कार्यक्रममा निर्देशक निमा लामा तामाङ, निर्देशक आजय स्याङ्तान, नायक सागर घिसिङ, गायक तथा संगीतकार बिश्वा दोङ, कोरियोग्राफर तथा मोडेल कृष्ण ब्लोन, निर्देशक युद्ध लामा, गायक सुरज चन्द्र घिसिङ लगायतको उपस्थिती थियो ।

भिडियो:

Comments

comments