इन्दा योञ्जन तामाङ
कुवेत । गायक प्रतीक ब्लोन तामाङको नयाँ गीत ‘नाचन मैच्याङ’ दुबई मा छायाँकन हुने भएको छ ।

सुमधुर आवाजका धनी गायक प्रतीक ब्लोन तामाङको शब्द, संगीत र स्वर रहेको गीतमा संगीत संयोजन दिनेश राजबहकको रहेको छ ।

पछिल्लो समयमा आफ्नो निर्देशकीय कौशलबाट दर्शकको मन जितेका निर्देशक अर्जुन भण्डारीले भिडियोको निर्देशन गर्ने भएको छ ।

भिडियोमा हाल दुबईमा रहदै आएकी ब्यस्त मोडल सुमि खड्का र चकलेटी फेसका धनी मोडल अमीर खानको अभिनय देख्न सकिने छ । अमीर खानले यस अघि दुइ ओटा भिडियोमा अभिनय गरेर दर्शकह?को मन जितिसकेको गीतकार करण वाइबाले बताए ।

पछिल्लो समय फास्ट बिटका गीत गाइरहेको गायक ब्लोनले नयाँ गीत ‘नाचन मैच्याङ’ मा फरक शैलीको संगीत प्रयोग गरेका छन् ।  म्युजिक भिडियोमा दुबईका विभिन्न रमणीय स्थलह?मा छायांकन गरिने निर्देशक भण्डारीले जानकारी दिए ।

Comments

comments

SHARE