इन्दा योञ्जन तामाङ
कुवेत । ‘आपसी एकता हाम्रो उद्देश्य, समृद्ध समाज निर्माण हाम्रो लक्ष्य’ भन्ने मूल नाराका साथ गठन भएको नुवाकोट–धादिङ–रसुवा समाज, कुवेतको प्रथम अधिवेशन हुने भएको छ ।

समाजको प्रथम अधिवेशन आगामी २० जुलाई २०१८ हुने कार्यक्रम संयोजक छिरिङ तामाङले तेमाल अनलाईनलाई बताए । उनका अनुसार बृहत साँस्कृतिक कार्यक्रम समेत हुने भएको छ ।

विभिन्न कामको सिलसिलामा कुवेत पुगेका नुवाकोट, धादिङ र रसुवाका नेपालीहरुले एक वर्ष अघि गठन गरेका थिए ।
तामाङका अनुसार कार्यक्रम राजधानी होटेल, खैतानमा विहान १० बजेदेखि हुने छ । विदेशमा रहेर आफ्नो गाउँसमाजको सेवामा जुटेका नेपालीहरुको यस संस्था विगत एक वर्षदेखि विभिन्न सामाजिक कार्यमा क्रियाशिल छ ।

कार्यक्रम संयोजक तामाङले सम्पूर्ण नेपालीहरुलाई गरिमामय उपस्थितिको लागि अनुरोध समेत गरेको छ ।

Comments

comments

SHARE