आर.बी. लामा
साउदी । ‘खेल खेलौ स्वस्थ रहौं ।’ भन्ने मूल नाराका साथ इस्लाम धर्मोलम्बीहरुको महान पर्व रमदान इदको उपलक्ष्यमा गन्तव्य स्पोर्टिङ क्लब साउदी अरबद्वारा आयोजना गरिएको प्रथम गन्तव्य फुटबल प्रतियोगिता सफलरुपमा सम्पन्न भएको छ ।

अनैजाको अल अरबी खेल मैदानमा नेपाली दर्शकहरुको उल्लेखनीय सहभागिताका साथ उद्घाटन भएको खेलमा आयोजक टिम गन्तव्य स्पोर्टिङ क्लब र अल पान्डा बुरैदा बीचको प्रतिस्पर्धामा सम्पन्न भएको थियो । प्रतियोगिताको सभापति मिलन श्रेष्ठ , प्रमुख अतिथि नेपाली राजदुतावासका प्रथम सचिव बिजय कुमार राउत र विशिष्ट अतिथि इस्लामी सेन्टर ओनैजाका प्रमुख शेख अबु अबदुस सलामले सयुक्त रुपमा उट्घाटन गरेका थिए ।

उद्घाटन खेल पश्चात समूह ए अन्तर्गतका अन्य खेलहरु सम्पन्न भएको थियो । समूह ए बाट बिजयी भइ आएका टिमहरु समूह बि अन्तर्गत सेमिफाइनलका लागि प्रतिस्पर्धा गरेका थिए । सेमिफाइनल पछि फाइनल खेल आयोजक टिम गन्तव्य स्पोर्टिङ क्लब र नमुना युबा क्लब रियाद बिच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा आयोजक टिमलाई १ गोलका विरुद्ध ४ गोल गरि नमुना युबा क्लब रियाद प्रथम भएको थियो ।

बिजेता नमूना क्लब रियाद टिमका खेलाडीहरुलाई कार्यक्रमका सभापति मिलन श्रेष्ठ, नेपाल इन्भेस्टमेन्ट पृथ्वी रेमिट साउदी प्रमुख राम लामा र इस्लामिक सेन्टरका प्रतिनिधि सनाउल्लाहबाट सयुक्त रुपमा पुरस्कार नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।

प्रतियोगितामा सबैभन्दा धेरै गोल कर्ताको उपाधी सुरेन्द्र तामाङ, बेस्ट किपर बिमल सुनार तथा बेस्ट प्लेयरको उपाधी पबन लिम्बुले हासिल गरेका थिए । द्वितिय स्थान हासिल गर्ने आयोजक टिम गन्तव्य स्पोर्टिङ क्लबलाई पनि नगदका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रमका प्रायोजक इस्लामिक सेन्टर, नेपाल इन्भेस्टमेन्ट बैंक पृथ्वी रेमिट, होटेल गोर्खालाई पनि सहयोगको कदर गर्दै सम्मान प्रत्र हस्तान्तरण गरिएको थियो । साथै खेल खेलाउन महत्वपूर्ण भुमिका निर्बाह गरेका लाइन्समेन, रेफ्रीलाई पनि सम्मान पत्र हस्तान्तरण गरिएको थियो । साथै मिडियाकर्मीहरूलाई पनि सम्मान पत्र हस्तान्तरण गरिएको थियोे ।

Comments

comments

SHARE