तनहुँ । बलात्कार आरोपित तनहुँ जिल्ला घिरिङ गाउँपालिका वडा नं. ४ का निर्वाचित वडा सदस्य शक्ति थापाले आज (मंगलबार) प्रहरी सामु आत्मसर्पण गरेका छन् ।

जबरजस्ती करणी उद्योग मुद्दाका फरार आरोपित वडा सदस्य थापाले प्रहरी समक्ष समर्पण गरेका हुन् । आफ्नै गाउँकी अपांगता भएकी ३९ वर्षीया महिलालाई बलात्कारको प्रयास गरेको आरोपमा फरार रहेका २३ वर्षीय थापाले प्रहरी समक्ष समर्पण गरेको प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए । मल्लका अनुसार थापा आफैँ प्रहरी समक्ष कानुनी कार्वाहीका लागि निवेदन पेस गर्दै आत्मसमर्पण गरेका थिए ।

उनलाई मंगलबारै तनहुँ जिल्ला अदालतमा उपस्थित गराइ ३ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

Comments

comments

SHARE