बसन्त लामा
बारा । जिल्लाको निजगढ नगरपालिका वडा नं. १ स्थित नेपाल राष्ट्रिय माध्यामिक बिद्यालयलाई मंगलबार खेलकुद सामाग्री वितरण गरियको छ ।

युथअफ निजगढको अध्यक्ष उत्सव श्रेष्ठको अध्यक्षतामा सिंगौलमा रहेको बिद्यालय नेपाल राष्ट्रिय माध्यमिक बिद्यालयलाई खेलकुद सामाग्री वितरण गरेको हो ।

खेलकुद सामाग्री वितरण कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक श्याम कुमार शर्मा दाहाल, सह–प्रधानाध्यापक बिरेन्द्र चौधरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अध्यक्ष राकेस जिम्बा, वडा नम्बर १ को अध्यक्ष मंगले लोप्चनको उपस्थिति रहेका थिए ।

वितरण गरिएको खेलकुद सामाग्रीमा फुटवल ४ थान, भलिवल ४ थान, फुटवल नेट १ थान, भलिवल नेट १ थान, ब्याडमिटन १ सेट, कक १६ वटा, लुडो ४ सेट, चेस ४ थान, रिङवल ४ थान, स्किीपिङ डोरी ८ थान वितरण गरीएको थियो ।

Comments

comments