बनेपा । बनेपामा रहेको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले शनिबार बि.बि.एस. प्रथम वर्ष तथा एम.बि.एस.प्रथम वर्षमा अध्ययन गर्न आएका नव आगन्तुक विद्यार्थीलाई स्वागत गरेको छ ।

कार्यक्रममा एस.ई.ई परीक्षा २०७४, कक्षा १२–०७५, बि.बि.एस.–२०७५, एम.बि.एस. –२०७५, अध्ययन पुरा गरेका विद्यार्थी भाइबहिनीहरुलाई बिदाई समेत गरेको छ । कार्यक्रम बिभिन्न चरणहरुमा गरिएको थियो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री सुरकृष्ण वैद्य, व्यवस्थापन समिति सदस्य तथा प्रबन्ध निर्देशक प्रताप वैद्य र व्यवस्थापन समिति सदस्य आत्माराम थापाद्धारा विद्यार्थीहरुलाई टिका, खादा, मेडल र मायाको चिनो प्रदान गरेका थिए । साथै सहायक कलेज प्रमुख श्री नवराज चौलागाई र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री सुरकृष्ण वैद्यले विद्यार्थीहरुलाई बधाई साथै सफल र सधँै विद्यार्थीको जीवनले सफलता र लक्ष्य प्राप्ती गरि रहोस् भन्ने कामना पनि व्यक्त गरेका थिए ।

कार्यक्रमको अन्तमा डान्स कार्यक्रम राखिएको थियो । जसमा सयाँ विद्यार्थी र शिक्षक, शिक्षिकाहरु झुमेका देखिन्थे ।

Comments

comments

SHARE